STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गरिने : प्रधानमन्त्री दाहाल

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २६, मंगलबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्या प्रकरणका आरोपी रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गर्ने बताएका छन् ।

संसद बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलगायतको मुद्धा सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने भन्ने जवाफमा प्रधानमन्त्री प्रचण्डले विश्वस्त पार्दै रेशम चौधरीलगायत सबैलाई रिहाइ गरिने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यतिबेला रेशम चौधरीलाई भेटेर उहाँको कुरा पनि सनुेको थिए । नेपाली मिडियामा निकै चर्चा पनि भयो । रेश चौधरीलाई अन्याय भएको छ, न्याय दिनुपर्छ पनि भनेको थिए । तराईका राजनीतिक दलहरुसँग विगतमा जे जस्ता सम्झौता भए, वा अध्यादेश ल्याएर पनि रेशमजीलाई छुटाउनुपर्छ भनिएको थियो । र, उहाँलगायत सबै बन्दीहरुलाई छुट्टाइन्छ । रेशम चौधरीको विषय अलि जटिल छ, अदालतमा केश चलिरहेकाले । तर, रेशमजीलगायत छुटाउन पहल गरिन्छ ।’

प्रधानमन्त्री प्रचण्डले अहिले विगतमा संसद विघटन गर्नु ठीक थियो कि थिएन भन्ने अहिलेको विषय नभएको पनि बताए । र, उनले संविधानभन्दा कोही माथि नहुने बताउँदै समयअनुसार संशोधन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

यस्तै, बाहिर दौरा सुरुवाल लगाएको विषयमा विभिन्न टिकाटिप्पणी चलेको विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएका छन् । उनले आफू दौरा सुरुवाल विरोध नभएको पनि बताए ।

‘दौरा सुरुवाल विरोधी होइन, दौरा सूरुवाल लगाउने अवसर जुरेको थिएन । बानी त्यहिँ पर्यो । सदनभित्र आएपछि मान्यजीलाई जे सहज लाग्छ त्यहिँ लगाउनुस् भन्ने गर्थे । साथीहरुले लगाउनु पनि भयो । कुनै न कुनै बेला मैले पनि लगाउँछु भन्ने नै थियो,’ उनले भने ।

 

Categorized in राजनीति