STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपसभामुखमा सोबिता गौतम पक्का !

Janjati Khabar – Janjati Khabar | २०७९ माघ ५, बिहिबार

 

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई उपसभामुख बन्न तयार रहन भनेका छन् ।

शुक्रबार हुने उपसभामुखको उम्मेदवारी दर्तामा प्रचण्ड–ओलीबीच छलफल भएसँगै गौतमलाई उपसभामुखमा तयार रहन भनिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीले भोलि हुने उपसभामुखको उम्मेदवारी दर्तामा गौतमलाई तयार रहन भनिसकेका छन् । ओलीले गौतमलाई उपसभामुखमा तयार रहन भने पनि रास्वपाले उपसभामुखको उम्मेदवार टुंगो लगाएको छैन ।

साथै, सत्ता गठबन्धनमा उपसभामुख भने रास्वपाले पाउने पक्का भएको सभापति रवि लामिछानेले बिहीबार सभामुख चयनपछि पत्रकारसँग भनेका थिए । उनले पत्रकारसँग सभामुख पुरुष भएपछि उपसभामुख महिला हुने बताएका थिए । तर, नाम भने तोकेनन् ।

उनले भनेका थिए, ‘उपसभामुख हाम्रो पार्टीले नै पाउने सहमति छ। सभामुख पुरूष हुन्छन् कि महिला हुन्छन् भन्ने थियो। आज पुरूष सभामुख भएपछि उपसभामुखको लागि महिला उम्मेदवार छान्नुपर्ने हुन् ।’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको बोलीअनुसार गौतम उपसभामुखमा पक्का भएको छनक देखिन्छ । उपसभामुखको उम्मेदवार छान्न भोलि बिहान संसदीय दलको बैठक बोलाइएको छ ।

Categorized in राजनीति