STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दुर्गा प्रसाईंको सहयोगीले गरे आत्मदाहको प्रयास

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण ९, मंगलबार

 

काठमाडौं - मंगलबार अपराह्न झापाको बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

बिर्तामोडको मुक्तिचोकमा शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न खोज्ने ३४ वर्षीय विजय चौधरी बिर्तामोड–७ निवासी हुन् । उनी दुर्गा प्रसाईंको बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे। साथै, उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा पनि रहेका थिए।

तर, हस्पिटलबाट जागिर छाडेको उनी केही महिनादेखि बेरोजगार थिए । मंगलबार पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका उनलाई तत्काल उद्धार बीएण्डसी हस्पिटल पुर्याइएको थियो ।

आत्मदाहको प्रयास गरेका उनको शरीरको पछाडिको जलेको बताइएको छ। के कारण उनले आत्मदाह प्रयास गरे त्यो खुलेको छैन ।

Categorized in अपराध-दुर्घटना