STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रवि लामिछानेले चितवन-२ मा गराए उम्मेदवारी दर्ता

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २०, सोमबार

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन— २ बाट उम्मेदवारी दर्ता गरेका छन्। लामिछानेले वैशाख १० गते हुने उपनिर्वाचनका लागि मंगलबार निर्वाचन अधिकृतको कार्यालय चितवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएका थिए। तर तनहुँ जाने भएपछि उनले लिएको समयभन्दा अगावै उम्मेदवारी दर्ता गराएका हुन्।

लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि यसअघि उनले निर्वाचन जितेको चितवन—२ मा उपनिर्वाचन हुन लागेको हो। आगामी वैशाख १० गते चितवन(–२, तनहुँ १ र बारा २ मा उपनिर्वाचन हुँदैछ।

Categorized in राजनीति