STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वरिष्ठ अभिनेता रविन्द्र खडकालाई अमेरिकामा दीर्घ साधना सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८० भाद्र १६, शनिबार

नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष वरिष्ठ अभिनेता,समाजसेवी रबिन्द्र खड्कालाइ अमेरिकाको क्यालिफोर्निया राज्यमा “दीर्घ साधना सम्मान” बाट सम्मानित गरिएको छ। बिगत चार दशक भन्दा अगाडिदेखि निरन्तर नेपाली कलाकारिता तथा चलचित्र क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका तथा सामाजिक क्षेत्रमा सेवा पुर्याउदै आएका खड्कालाइ उनको कामको उच्च मुल्यांकन गर्दै “विकल्प फाउन्डेसन तथा लालिगुराँस लायन्स क्लब अफ ब्रक्ली”को संयुक्त आयोजनामा विश्व शान्तिको प्रतीक “भगवान गौतम बुद्ध ” मुर्ति र दोसल्ला सहित “दीर्घ साधना सम्मान” प्रदान गरिएको कुरा अमेरिकाबाट अभिनेता खड्काले जानकारी गराएका छन्।

उक्त अवसरमा निर्मल फुयाल, लायन राजेन थापा, पदम लामा, प्रेम लामा, उत्तम कार्की, टेक खड्का बिष्णु केसी, नारायण सोम्नामे विभिन्न संघ संस्थाका पदाधिकारी लगायत सानफ्रान्सिस्को, क्यालिफोर्निया, ब्रक्ली, सान्तारोजा, बे एरिया, फ्रीमन लगायतका ठाउँहरुमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नो रंगकर्म, कलाकर्म, चलचित्रकर्म र समाजसेवाको मुल्यांकन गरेर बिदेशी भूमिमा सम्मानित हुन पाउँदा आफुलाई खुसि लागेको र एउटा कलाकारको कलाकारिताको सहि मुल्यांकन गरेकोमा सम्पूर्ण आयोजक टिम लगायत क्यालिफोर्निया राज्यमा बस्ने सम्पूर्ण नेपालीहरु प्रति  अभिनेता खडकाले धन्यबाद तथा आभार ब्यक्त गरेका छन्।

Categorized in साहित्य-कला