STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ९, सोमबार

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो । 
झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “काङ्ग्रेसको प्रतिपक्षी भूमिका कमजोरमा कमजोर छैन ।”
काङ्ग्रेस गुटले आक्रान्त भएको भन्दै गलत हल्ला फैलाएर पार्टीलाई बदनाम गराउन खोजिएको सभापति देउवाको टिप्पणी थियो । प्रजातान्त्रिक पार्टीमा फरक विचार पनि आउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसलाई गुट–उपगुट भनेर गलत हल्ला फैलाइयो, त्यो सरासर झुट मात्र हो ।” वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको उहाँको भनाइ थियो । 
जिल्लाको दमकमा आज हुने काङ्ग्रेस क्षेत्रीय समितिको भवन उद्घाटन तथा सम्मान कार्यक्रममा सहभागी हुन पार्टी सभापतिसहितका शीर्ष नेता झापा आउनुभएको हो ।
Categorized in राजनीति