STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाजिर जमानीमा रिहा भए 'पीडित' लघुवित्तका ऋणीहरू

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १७, बिहिबार

काठमाडौं– संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका 'पीडित' लघुवित्तका ऋणीहरू रिहा भएका छन्।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरू फागुन १४ गते नाराबाजी गर्दै संसद् भवन प्रवेश गरेका थिए।

प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पुर्‍याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो।

Categorized in राष्ट्रिय