STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राप्रपा केन्द्रीय कार्यालयमा कुटाकुट

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २७, आइतबार

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ। अध्यक्ष राजेन्द्र लिङदेनककार्यकक्षबाहिर बुधबार एक पुरुषमाथि कुटपिट भएको हो। कुटाइ खाने व्यक्तिको नाम खुलेको छैन। 

धुम्वाराहीस्थित पार्टी कार्यालयमा कार्यसम्पादन समिति बैठक सकिएर नेताहरु निस्किने क्रममा ती पुरुषमाथि कुटपिट भएको भिडियो यतिबेला भाइरल भएको छ। भाग्दै गरेको अवस्थामा केही व्यक्तिहरूले लखेट्दै उनलाई कुटपिट गरेका हुन्। 

कुटपिट हुँदा राप्रपा उपाध्यष रवीन्द्र मिश्र नेताहरु विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, दीपक सिंह लगायत घटनास्थलमै देखिएका छन्।

पार्टीको कार्यसम्पादन समितिको आज पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो । उक्त बैठकमा पार्टी अनुशासनका विषयमा छलफल चलिरहँदा श्रेष्ठले आफ्नो भनाइ राखेका थिए । उनले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सिधै ‘भ्रष्टाचारी’ भनिदिए । त्यसपछि बैठक तनावपूर्ण बनेको थियो ।

आफूलाई भ्रष्टाचारी संज्ञा दिएपछि पाण्डे उत्तेजित भयो । आरोप प्रत्यारोप चल्यो । अध्यक्ष लगायतका सिनियर नेताले थुमथुम्याउने प्रयास गरे । तर, पाण्डेले श्रेष्ठले भनाइ फिर्ता नलिए आफू बैठक बहिष्कार गर्ने भनेर उठे ।

पाण्डे उठेपछि अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही पनि गर्ने आश्वासन दिए । त्यसपछि पाण्डे थामिए र बैठक सुचारु भयो । यो घटनापछि नेताहरूले दुख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय धेरैको थियो ।

Categorized in राजनीति