क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त
Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण १०, बिहिबार
काठमाडौं - सौर्यको विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन् । बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् ।
"उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ," ओलीले फेसबुकमार्फत भनेका छन् ।
प्रधानमन्त्री ओलीले 'अब यस्तो कहिल्यै नहोस्' भन्ने कामना पनि गरेका हन् ।
बुधबार सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन शाक्यबाहेक अरू सबै १८ जनाले ज्यान गुमाएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in अपराध-दुर्घटना

