STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १२, बिहिबार

काठमाडौँ महानगरपालिकाले शङ्खपार्क रत्नपार्क मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको अर्धकदको शालिक अनावरण गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्तरूपमा शालिक अनावरण गर्नुभएको हो ।  
कार्यक्रममा कामपाका प्रमुख शाक्यले शङ्खपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त हुने बताउँदै उहाँले रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्राप्त भइरहेको जानकारी गराउनुभयो ।  
प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तर्राष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भन्नुभयो, “२७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा सशक्तिकरणको उदाहरण हो ।”
बृहत्तर विकासका लागि रसिया नेपाललाई प्रविधिमा सहयोग गर्न तत्पर रहेको भन्दै अन्तरिक्ष यात्री भिक्टोरले एकीकृत विकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घेरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । सो संरचना तयार पार्न करीब रु ३ लाख १५ हजार रूपैयाँ लागेको बताइएको छ ।  
पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । सन् १९३४ मार्च ९ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो । 
Categorized in राष्ट्रिय