STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

फेमिलि क्रुको नेपालभाषाको म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ कार्तिक २, शुक्रबार

नेपालभाषाको कला र मनोरन्जन क्षेत्रमा लामो समयदेखि सकृय रहँदै आउनु भएका चलचित्र लेखक, निर्देशक, रचनाकार शंकर खड्गीको रचना र निर्देशनमा निमाण भएको नेपालभाषा नयाँ गीत " अन्ती सोमां सलिंचाय्....” म्यूजिक भिडियो प्रिमियर शो विहिबार सम्पन्न भएको छ ।

सुप्रसिद्द संगीतविज्ञ रत्न बेहोशी बज्राचार्य प्रमूख अतिथी रहेको सो कार्यक्रम फेमिलि क्रुले आयोजना गरेको हो ।बिहिवार एक समारोहका बीच  विश्रान्ती पार्टी पालेसको हलमा कला क्षेत्रका वरिष्ठ तथा लोकप्रिय कलाकर्मिहरु, प्रविधिकहरु र संचारकर्मिहरु बीच भव्य रुपमा  प्रिमियर  सम्पन्न गरिएको उक्त समारोहमा  सभापति फेमली क्रुका संस्थापक जरिना शाही रहनु भएको थियो ।  प्रमुख अतिथी संगीतज्ञ रत्न बेहोशी बज्राचार्य विशेष अतिथीका रुपमा अग्रज लेखक/निर्देशक पवन जोशी, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजय रत्न असंबरे , नृत्य निर्देशक भुवनदास श्रेष्ठ , संचारकर्मिहरु दर्शनवीर शाक्य, श्याम स्मृत , स्वतन्त्रसंसार महर्जन का साथ कला क्षेत्रका वरिष्ठ कलाकर्मिहरुले अतिथीका रुपमा उपस्थिति रहेको थियो ।

परम्परा शेली अंगाल्दै प्रमुख अतिथीबाट पानसमा दीप प्रज्वलन गर्नु भई कार्यकम समारोह उदघाटन  गरीयो ।

अतिथीहरुको स्वागत मन्तव्य रचनाकार/निर्देशक शंकर खड्‌गीले राख्नु भयो ।

प्रिमियर समारोहमा म्यूजिक भिडियोमा सहभागि संगीतकर्मि, कलाकर्मि, प्राविधिक तथा अतिथी हरुलाई पनि कदर पत्र प्रदान गरी स सम्मान गरिएको थियो ।

अतिथीहरुको मन्तब्यक्रममा म्यूजिक भिडियो मनोरञ्जन मात्र नभई भाषा, कला संस्कृती, संस्कारको जगेर्ना गर्नु हो, त्यसैले हामी  सबैले एक एक पटक हेरीदिनु भएमा नेवाः पहिचानको परिभाषीत हुनेमा जोड दिनु भयो। यस गीतका निर्मात्री धनलक्ष्मी खड्गीले सबैले साथ दिनु भएमा फेरी फेरी पनि भिडियो बनाउँदै जाने बताउदै, यो भिडियो फेमली कु युट्युू्बमा सार्वजनिक गरिएको कुरा जानकारी गराउँदै सबैले हेरि दिनु हुन आग्रह गर्नु भयो ।  कार्यक्रम संयोजक तथा निर्माण नियन्त्रक कलाकार सुरेन्द्र श्रेष्ठले  सबैलाइ धन्यवाद दिनु भयो ।

नेवाः संगीतक्षेत्रमा मेलोडी क्वीनका रुपमा परिचय बनाउनु भएकी दिपा महर्जन र मल्टि टेलेण्टेड गायक किशोर शाही को युगल स्वर रहेको यस गीतका गीतकार  शंकर खडगी र संगीतकार किशोर शाही हुनुहुन्छ । 

यस भिडियोका छायाँकार तथा सम्पादक बाल कुमार मगर हुनुहुन्छ भने यो म्युजिक भिडियोमा मनोज महर्जन, सन्जु खडगी, हसना महर्जन, सुजिना शाही का साथमा सरस्वति मानन्धर र सुरेन्द्र श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

Categorized in साहित्य-कला