STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

थुनामुक्त भए रविले गरे अदातलप्रति सम्मान व्यक्त

Janjati Khabar – Janjati Khabar | २०८१ माघ ३, बिहिबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे ।

रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको थियो ।

६० लाख धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश

जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो ।

यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए ।

Categorized in राजनीति