STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पीडाको गीतमा मनोरञ्जक प्रस्तुति “धेबा फुत बाबा”

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ चैत्र १७, आइतबार

विभिन्न कारणले पैसा सकिएको कथाहरुको संगालो स्वरुप तयार पारिएको  हास्य ब्यङ्गात्मक प्रस्तुति "धेबा फुत बाबा“ शनिबार सार्वजनिक गरिएको छ । 

५ बर्षदेखि कला, संस्कृति, संगीतका विभिन्न कार्यक्रमहरु नियमित निरन्तर आयोजना गर्दै आएको ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले निर्माण गरेको गीत लेखन, संगीत, संगीत संयोजन, पटकथा तथा निर्देशन भूपेन्द्र बज्राचार्यको रहेको छ । यो गीतको भिडियोको अमर चित्रकारले छायाँकन, सम्पादन तथा कलर ग्रेडिङ गरेको हुन् । यस गीतमा भूपेन्द्र र अमरको साथमा सुरजवीर बज्राचार्य, निल शाक्य, अमोघवीर बज्राचार्य, अनुप शाक्यको स्वर रहेको छ भने गायकहरुका साथ सलोना बज्राचार्य र मोइदिन खानले प्रमुख भूमिकामा अभिनय गरेका छन् । 

रामकृष्ण खड्गी, किशोरकुमार शाही, मंजिल शाक्य, कृष्णा श्रेष्ठ शाक्यया विशेष भूमिका रहेको यस गीतमा श्रुयति शाक्य, अर्चा बज्राचार्य, लक्कि महर्जन, रमा तुलाधर बज्राचार्य, निरज प्रधान, प्रविणबहादुर शाक्य, सम्यक बज्राचार्य, जेनिन्द्रराज शाक्य, सिया महर्जन, युकि महर्जन, मेबिशा लिम्बुका साथै ललितपुर महानगरपालिका १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यको समेत अभिनय रहेको छ । गीतको रेकर्डिङ तथा मास्टरिङ फिरोज बज्राचार्यले गरेका हुन् भने गीतमा उद्घोषण सुरजवीर बज्राचार्य र रमा तुलाधर बज्राचार्यले गरेका छन् ।  

किर्तिपुर सिनेप्लेक्समा भएको प्रिमियर समारोह “धेबा फुत बाबा” गीत कै प्रसंग प्रयोग गरी तयार पारिएको प्रहसन प्रस्तुतिबाट आरम्भ भएको हो । कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले लेखेको सो प्रहसनमा गीतकै कलाकारहरुकै सहभागितामा प्रहसन प्रस्तुत प्रदर्शन पश्चात गीत तथा म्यूजिक भिडियो निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै अभिनन्दन गरिएको थियो । 

गीतको प्रिमियर कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष निर्मलरत्न शाक्यले कला क्षेत्रको विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै यसका लागि स्थानीय तहले स्थानीय कलाकारहरुको सहभागितामा कलाकार समिति बनाइ कार्य अघि बढाउँदा भएका विभिन्न कार्यक्रमहरुको उल्लेख गर्नुभयो । गुणस्तरीय कार्यक्रमको ब्यापकताले आफूलाई गर्व लागेको बताउदँ अन्य स्थानीय तहले पनि कलाकार समिति बनाउनु पर्नेमा जोड दिनु भयो । 

गीतको लिंक 

 https://youtu.be/qRtbSqJMwNk?

Categorized in साहित्य-कला