STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

साहित्यकार भुषणप्रसाद श्रेष्ठ र “सर्जक एवं सिर्जना” कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ५, सोमबार

नेपालभाषा साहित्य जगतमा सक्रिय प्राज्ञिक संस्था नेपालभाषा एकेदेमिको आयोजनामा शनिबार कीर्तिपुर नेपालभाषा एकेदमिको हलमा सर्जक एवं सिर्जनाको चौथो श्रृंखलाको कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार एवं गजलकार भुषणप्रसाद श्रेष्ठका साथ भएको सर्जक एवं सिर्जना कार्यक्रममा नेपालभाषा साहित्यका विभिन्न विधामा ७० वटा संग्रह एवं चार गीति क्यासेट सार्वजनिक गरिसक्नुभएका बरिष्ठ गजल एवं साहित्यकार भुषणप्रसाद श्रेष्ठको साहित्य श्रवण गर्ने एवं उहाँलाई सम्मान गर्ने कार्यक्रम भएको थियो ।

नेपालभाषा एकेदेमिका चान्सलर मल्ल के सुन्दरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कलाकारहरु धनबहादुर गोपाली, तीर्थ माली, निशा देशार, रिता महर्जन, सुरेन्द्र श्रेष्ठ, सतीश महर्जन एवं सुरजवीर बज्राचार्यले साहित्यकार एवं गजलकार भुषणप्रसाद श्रेष्ठको रचनामा गजल एवं गीत संगीत प्रस्तुति गरेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार नारद बज्राचार्यले कथा, शरद कसाः एवं हृदयप्रसाद मिश्रले हाँस्य, रामेश्वर मिश्रण श्रेष्ठले हाइकु प्रस्तुत गरेका थिए भने कार्यक्रममा प्राज्ञ प्रा. प्रेमशान्ति तुलाधरले गजल एवं साहित्यकार भुषणप्रसाद श्रेष्ठको परिचय एवं श्रेष्ठका बालसखा डा. केशवमान शाक्यले आफ्नो संगत एवं अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालभाषा एकेदेमिका भाइस चान्सलर डा. पुष्पराज राजकर्णिकारले स्वागत मन्तब्यका साथ आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो भने एकेदेमिका सदस्य सचिव महेन्द्रगोपाल कर्माचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम नेपालभाषा एकेदेमिका सहसचिव राजितबहादुर श्रेष्ठले संचालन गर्नुभएको थियो । कार्यक्रममा नेवाः अगुवाः हितकरवीर सिं कंसाकार, भाषा आयोगका माननीय सदस्य एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धर, चर्चित वरिष्ठ गायक जुजुकाजी रंजित, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यलगायतका विभिन्न वरिष्ठ साहित्यकार कलाकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय धिमेबाजाको प्रस्तुतिबाट अतिथिहरुलाई स्वागत गरेका थिए ।

Categorized in साहित्य-कला