STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास गर्न छायाङ्कन कार्यशाला गोष्ठी

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ १०, बुधबार

चलचित्र विकास बोर्डको सहयोग तथा माझी चलचित्रकर्मी सङ्घको आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्रको प्रवर्द्धन, विकास तथा विस्तार गर्ने उद्देश्यले सातदिवसीय छायाङ्कन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। 

काठमाडौँको कपनस्थित मिलनचोक पार्टी भेनुमा सञ्चालन गरिएको उक्त तालिममा विभिन्न जातीय तथा मातृभाषी चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको सहजीकरण नेवा फिल्म सोसाइटी का अध्यक्ष लुज: सिंहले गर्नुभएको थियो।

कार्यशालाको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले गर्नुभएको थियो भने समापन कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसाल लामा, चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समाल लगायत विभिन्न जातीय चलचित्रकर्मी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै विवस माझीले यस्तो प्रकारको तालिमले मातृभाषी चलचित्रको गुणस्तर अभिवृद्धि गर्नुका साथै नयाँ प्रतिभा विकासमा महत्वपूर्ण योगदान पुर्याेउने विश्वास व्यक्त गर्नुभयो।यस कार्यशालाले आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूलाई प्राविधिक ज्ञान, सीप तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्यााउने अपेक्षा गरिएको छ।

Categorized in सिनेमा