फोनिज उपत्यका समन्वय समितिको नेतृत्वले लिए शपथ
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ ११, बिहिबार
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय समितिको नवनिर्वाचित नेतृत्वले शपथ ग्रहण गर्दै औपचारिक रूपमा नयाँ कार्यकालको जिम्मेवारी सम्हालेको छ।
विहिबार आयोजित विशेष कार्यक्रममा फोनिजका केन्द्रीय अध्यक्ष लक्की चौधरीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुका साथै नियुक्ति काे प्रमाणपत्र प्रदान गरेका थिए। शपथ ग्रहणसँगै नयाँ नेतृत्वले आफ्नो कार्यकालको औपचारिक सुरुवात गरेको छ।
हालै सम्पन्न निर्वाचनबाट प्रशान्त मालीको अध्यक्षतामा १९ सदस्यीय उपत्यका समन्वय समितिको पूर्ण कार्यसमिति गठन भएको छ। कार्यक्रममा फोनिजका केन्द्रीय तथा विभिन्न तहका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष मा प्रशान्त माली, उपाध्यक्षमा राजु राजदेव वज्राचार्य , महिला उपाध्यक्ष रमिता छुंजु, महासचिव प्रविन पुमा किराँती, सचिव राजेश बज्राचार्य, महिला सचिव सरिना वज्राचार्य, कोषाध्यक्ष चाँदनी लामा मोक्तान , सदस्यहरुमा सुविन शाक्य , ईश्वर महर्जन, बासु शाहि , बाबुकाजी महर्जन (BK जल्मी ), भुपेन्द्र शाक्य , नरेश महर्जन , दिलिप शाहि, नन्दश्याम महर्जन विकाश माली , हर्क बहादुर श्रेष्ठ, सपना थामी र तुल्सी प्रजापति रहेका छन् भने सल्लाहकारमा रविन्द्र राज ताम्रकार नियुक्त गरिएको छ ।
शपथ ग्रहण कार्यक्रममा बोल्ने क्रममा वक्ताहरूले आदिवासी जनजाति समुदायका भाषा, कला, संस्कृति, पहिचान तथा समुदायका विविध सरोकारका विषयलाई सञ्चार माध्यममार्फत अझ प्रभावकारी र सशक्त रूपमा उठान गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
उनीहरूले आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकास, पेशागत सुदृढीकरण तथा सञ्चार क्षेत्रमा समुदायको प्रतिनिधित्वलाई थप मजबुत बनाउन फोनिजको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
नवनिर्वाचित नेतृत्वले संस्थाको उद्देश्यअनुरूप पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा आदिवासी जनजाति समुदायका मुद्दा, अधिकार र पहिचानको प्रवर्द्धनमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमसँगै फोनिज उपत्यका समन्वय समिति नयाँ कार्यकालमा प्रवेश गरेको छ। नयाँ नेतृत्वको आगमनसँगै संस्थागत सुदृढीकरण, पत्रकारिता क्षेत्रको विकास तथा आदिवासी जनजाति समुदायका आवाजलाई थप प्रभावकारी रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
Categorized in साहित्य-कला

