चाेभार ब्लुजकाे दाेश्राे संस्करण लाेकार्पण
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ १४, आइतबार
नेपालकाे साहित्यिक क्षेत्रमा बेग्लै धार बाेकेर उदाएका साहित्यकार बिक्रम भक्त जाेशीकाे बहु चर्चित निकथा संग्रह " चाेभार ब्लुज" काे दाेश्राे संस्करणको लाेकार्पण शनिबार ललितपुरमा सम्पन्न भएको छ । विख्यात साहित्य अन्वेषक प्रकाश सायमी ले स्वागत गर्नु भएको साे लाेकार्पण कार्यक्रममा साहित्यकार सनत कुमार वस्तीले साहित्यकार बिक्रम भक्त जाेशीसंग अन्तरक्रि्रित्ममक रुपमा कार्यक्रम सन्चालन गर्नु भएको थियो भने चाेभार ब्लुजकाे परिचर्चा पनि गरिएको थियोे । परिचर्चामा साहित्य अनुरागीहरु रामचन्द्र मान सिंह, ममता मृदुल लगायत ले चाेभार ब्लुज काे समालोचनात्मक विवेचना गर्नु भएको थियोे । सांगीतिक प्रस्तुति पनि पस्किएकाृ साे कार्यक्रममा गायिकाहरु राेजी श्रेष्ठ , एन्जिला श्रेष्ठ , मथुरा प्रधान श्रेष्ठ ले गीत प्रस्तुत गरेका थिए ।
Categorized in साहित्य-कला

