STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सशस्त्र प्रहरी कार्यालय शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २०, शुक्रबार

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले सीमा सुरक्षा, राजश्व सङ्कलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले  ठूलो योगदान पु¥याएको बताउनुभएको छ ।
विराटनगर–१६ दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बोर्डर आउट पोष्ट को निर्माणाधिन भवन आज यहाँ शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।मन्त्री कार्कीले यस कार्यालयबाट सीमा अतिक्रमण रोक्नाका साथै र जनताको सुरक्षामा पनि सहयोग प¥याउने  छ भन्दै जनताले बुझ्ने भाषामा साथी बनेर सहयोग गर्न प्रहरीलाई आग्रह गर्नुभयो । 
प्रदेश सरकारले यस क्षेत्रमा १८ वटा सीमा कार्यालयका लागि बजेटको व्यवस्था गरेको जानकारी दिँदै उहाँले दुई दिनभित्रै सबैको साँझा पहिचानको आधारमा राजधानीको नामाकरण र सबैको सुगमतालाई ध्यानमा राखी त्यसको केन्द्र घोषणा गरिने जानकारी दिनुभयो ।
 
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरभित्र निर्माणका कार्यले जनतालाई केही असहज बनाए पनि आगामी असोजसम्म विकासको अनुभूति दिलाउने  बताउँदै सशस्त्र प्रहरी कार्यालय स्थापनाले  जनतामा शान्ति सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउनुभयो ।प्रदेश सभासदस्य जयराम यादवले नागरिकता वितरणमा मधेशी दाजुभाइले  भारतीय आफन्तलाई सहयोग गरेमा आफ्नै भाग खोसिने भएकाले यसमा सचेत रहन आग्रह गर्नुभयो ।
 
जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेल प्रदेश नं १का प्रमुख सचिव सुरेश अधिकारी, सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठ र  प्रमुख जिल्ला अधिकारी रमेश केसीलगायतले सीमा सुरक्षाका साथै मानबतस्करी र सीमा अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । जग्गादाता रुक्मणिरमण पोखरलले निःशुल्क प्रदान गर्नुभएको पाँच कठ्ठा जग्गामा रु एक करोड ७० लाखको लागतमा पाँच वटा ट्रस भवन निर्माण गरिने भएको छ  । ठेकेदार कम्पनी सुनकोशी मजदूर जेवीले आगामी असार मसान्तसम्म उक्त भवन निर्माण  गरिसक्ने जनाएको छ । 
Categorized in राष्ट्रिय