STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

दज्र्यानी चिह्न प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार

प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । 
गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उहाँलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । 
प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । पोखरेललाई प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम, २७ को उपनियम, ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको थियो ।
फरार व्यक्ति नौ वर्षपछि पक्राउ 
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार व्यक्तिलाई नौ वर्षपछि पक्राउ गरेको छ । 
ब्यूरोको टोलीले विसं २०६७ असारमा काभ्रेपलाञ्चोक साबिकको गोकुले गाविसको गोकुले भन्ने स्थानमा दीर्घबहादुर गोलेलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने काभ्रेपलाञ्चोककै इन्द्रबहादुर मोक्तानलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 
ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले मृतकका छोरा धनबहादुर गोलेको जाहेरीका आधारमा मोक्तानलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ मोक्तानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको ब्यूरोले जनाएको छ ।
Categorized in राष्ट्रिय