STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २, बिहिबार

भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ । गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ । अदालतको आदेशमा टेमरले आफ्नो पासपोर्ट सरकारी अधिकारीलाई बुझाउनु पर्ने तथा आफ्नो निवासलाई अन्यत्र सार्न नपाउने भनिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय