STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २६, आइतबार

चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन एससीओ को बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ । साथै राष्ट्रपति सीले दुबै मुलुकको औपचारिक राजकीय भ्रमण पनि गर्ने कार्यक्रम रहेको प्रवक्ता काङले जानकारी दिनुभयो । राष्ट्रपति सीले किर्गिज राष्ट्रपति सूरोन्बे जीनबेकोभ र ताजिक राष्ट्रपति इमोमाली रहमोनको मैत्रीपूर्ण निमन्त्रणमा ती मुलुकको भ्रमण गर्न लाग्नुभएको हो ।
Categorized in अन्तर्राष्ट्रिय