STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालयमा लागुऔषधविरुद्धको एकाइ गठन गर्न निर्देशन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३०, बिहिबार

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको एकाइ गठन गर्न निर्देशन दिएको छ । 
गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिनुभयो । 
मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा एकाइ गठन गर्न निर्देशन दिएको हो । दिवस नेपालसहित विश्वभर मनाइन्छ । लागुऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा एकाइ गठन गर्न थालिएको उहाँले  जानकारी दिनुभयो ।  सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय