हितकरको कथा सङ्ग्रह ‘मिजला’ अब अङ्ग्रेजीमा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १, आइतबार
नेपाल भाषाका कथाकार हितकरवीर सिंह कंसाकारको चर्चित कथा सङ्ग्रह ‘मिजला’ को अङ्ग्रेजी अनुवाद बजारमा आएको छ ।
उनान्चास वर्ष अघि लेखिएको उक्त कृतिको अंग्रेजी संस्करण नेवाः अमेरिकन दबू, शिकागो, अमेरिकाले प्रकाशन गरेको हो । नौवटा कथा सङ्गृहीत यस पुस्तकको मूल्य रु १७५ राखिएको छ ।
पञ्चायती व्यवस्थाविरुद्ध खुलेर बोल्न र लेख्न नपाउने तत्कालीन समाजको यथार्थ चित्रण गर्ने र सामाजिक विकृतिलाई मार्मिक ढङ्गले कथामा उन्ने काममा कंसकार सिद्धहस्त मानिनुहुन्छ ।
च्वसापासाद्वारा शनिवार यहाँ आयोजित एक कार्यक्रममा प्रा डा सुन्दर कृष्ण जोशी र प्रा डा तेजरत्न कंसकारले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । अङ्ग्रेजी अनुवाद प्रा डा कंसकारले गर्नुभएको हो ।
Categorized in राष्ट्रिय


