अस्थायी साधनको रूपमा प्रयोग हुँदै गर्भपतन सेवा
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार
जिल्लामा निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको पाइएको छ । आइपास नेपाल र सामुदायिक विकास मञ्च ९सिडिएफ० डोटीको संयुक्त सहयोगमा नेपाल सरकारले जिल्लाका १८ स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्दै आएको छ ।
विगतमा यहाँका स्वास्थ्य संस्थामा गर्भपतन गरे रु एक हजार तिर्नुपर्ने व्यवस्था रहेपनि पछिल्लो समय यहाँका १८ स्वास्थ्य संस्थामा सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको हो । निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि अधिकांश स्थानीयवासीले महीनैपिच्छे गर्भपतन गराउन आउने गरेको केआइसिंह गाउँपालिका–४ दुर्गामाडाँै स्वास्थ्यचौकीका डा राजु गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार र संस्थाले सहयोग होस् भनेर निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गराएयता एकै महिला महीनैपिच्छे गर्भपतन गराउन आउन थालेको पाइयो, यो समस्याको विषय हो ।”
डाक्टर गुरुङका अनुसार यहाँका महिला तथा पुरुषले अस्थायी साधन प्रयोग गर्नुको साटो गर्भ रहेमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । श्रीमान् कामका लागि परदेश जाने तथा त्यहाँबाट घर आउँदा अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने हुँदा गर्भ रहने र पछि गएर सिधै गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाण्डौ स्वास्थ्य चौकीका अनमी गिता भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी साधन कसैले प्रयोग गर्दैनन्, गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्या बन्न सक्छ ।”
सरकारले निःशुल्क सुरक्षित गर्भपत सेवा सञ्चालन गरेका यहाँका स्वास्थ्य चौकीको तथ्याङ्कअनुसार एकै महिला वर्षमा तीन देखि चार पटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट दुर्गामाण्डौ स्वास्थ्य चौकीमा शुरु गरिएको सुरक्षित गर्भपतन सेवाबाट हाल सम्म २५३ जनाले गर्भपतन गराएका छन् । उक्त सङ्ख्यामा नौ जना मात्रै किशोरीहरु रहेको अनमी गिता भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, जिल्लामै गर्भपतन सेवा अस्थायी साधन जस्तै बनेको छ ।”
उता जिल्ला अस्पताल डोटीका डा ग्रीस अवस्थीले सरकारले जिल्लामा हाडनाता, जबरजस्ती करणी वा आमा बन्ने गर्भवती महिलाको स्वास्थ्यमा नै खतरा पर्ने अवस्थामा मात्रै गर्भपतन गर्ने नियम बनाए पनि जिल्लामा अधिकांश महिलाहरु महीनैपिच्छे गर्भपतन गराउन आउने गरेकाले यस्ता महिलाको गर्भपतन नगरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले त महिलाको अवस्था र कारण बुझेर मात्रै गर्भपतन गर्ने गरेको छु, गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनेको किन गर्भपतन गर्ने रु” डाक्टर अवस्थीका अनुसार जिल्ला अस्पतालमा मात्रै यो वर्ष कम्तीमा पनि ३५० ले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन् । यसमा एक दर्जन महिलाले दुई देखि तीन चोटीसम्म गर्भपतन गराएको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै सामुदायिक विकास सञ्च ९सिडिएफ० डोटीका कार्यक्रम अधिकृत दीपा सिंहले जिल्लामा निःशुल्क तथा सुरक्षित गर्भपतन सेवाका लागि आफनो संस्थाले राम्रो पहल चालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “असुरक्षित गर्भपतनले महिलाको अकालमै ज्यान जान थालेकाले हामीले सुरक्षित गर्भपतनका लागि आफूले सक्ने भूमिका निर्वाह गररहेका छौँ, गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनुहुँदैन ।”
सरकारले जिल्लाका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, जिल्ला अस्पताल, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडाँै तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ ।
Categorized in राष्ट्रिय


