STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

झापामा राष्ट्रिय परिचयपत्रका लागि जैविक तथा वैयक्तिक विवरण सङ्कलन कार्य आजदेखि शुरु भएको छ । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल राष्ट्रिय परिचयपत्रका लागि विवरण दिने झापाको पहिलो व्यक्ति हुनुभएको छ । गत मङ्सिर ३ गते पाँचथरको फिदिमबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिएको थियो । त्यसपछि झापामा परिचयपत्र वितरणका निम्ति विवरण सङ्कलन शुरु गरिएको झापाका प्रमुख जिल्ला आधिकारी जनकराज दाहालले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न झापामा ३२ वटा टोली परिचालन गरिने भएको छ । प्रदेश नं १ मा दोस्रो चरणमा राष्ट्रिय परिचयपत्र वितरणका लागि गृह मन्त्रालयले झापालाई छानेको सहायक प्रजिअ माधवप्रसाद पोखरेलले बताउनुभयो । सोह्र वर्ष उमेर पुगेका सबै नागरिकले राष्ट्रिय परिचयपत्र पाउनेछन् । नेपालको इतिहासमै जैविक तथा वैयक्तिक विवरणका आधारमा परिचयपत्र वितरण गर्ने कार्य पहिलोपल्ट शुरु गरिएको हो । पहिलोपटक पाँचथरमा, दोस्रो चरणमा झापासहित १५ जिल्लामा र तेस्रो चरणमा बाँकी सबै जिल्लामा परिचयपत्र बाँड्ने सरकारको योजना रहेको प्रजिअ दाहाल बताउनुहुन्छ । विवरणमा व्यक्तिको राहदानी, जमीनको स्वामित्व, करदाता सूचना, आर्थिक कारोवारका विवरणसमेत समावेश हुने बताइएको छ । चिप्स र युनिक कोडसहित व्यक्तिको दशवटै औँलाको प्रिन्ट, अनुहार र आँखाको माइक्रो स्क्यानजडित हुने भएकाले राष्ट्रिय परिचयपत्र नागरिकका लागि सबैभन्दा भरपर्दो परिचय दिने कागजात हुनेछ ।
Categorized in राष्ट्रिय