STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बलात्कार आरोपमा पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो । जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् । पक्राउ परेका महरामाथि जबर्जस्तीकरणी ऐनअन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहरा बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना