श्रावण २ र १० गतेको नेपाल बन्द फिर्ता !
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३१, मंगलबार
लोकसेवाको विज्ञापन असमावेशी भएको भन्दै संघषरत् आदिवासी जनजाति महासंघ एवं बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा गैर्दै आइरहेको आन्दोलनको क्रममा आज मंगलबार काठमाडौंको विभिन्न क्षेत्रमा विरोध जुलुलका साथै माइती मण्डलामा सभाको आयोजना गरेको छ ।
उक्त सभामा सरकारले संविधानको भावना तथा मर्म विपरीत लोकसेवाको विज्ञापन सार्वजनिक गरेकोमा आपत्ति जनाउँदै विरोध गरेको छ ।
सभामा बिभिन्न आदिवासी जनजाति नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
आज भएको सभाबाट श्रावण २ र १० गते घोषणा गरिएको नेपाल बन्द स्थगन भएको घोषणा हुने जानकारी श्रोतले दिएको छ ।
आदिवासी जनजाति महासंघले सोमबार आकस्मिक बैठक आह्वान गरी देसमा निरन्तर अबिरल बर्षाका कारण बाढी, पहिरो एवं डुबानमा परी धेरै जनताहरुको ज्यान गएको दुःखद परिस्थितिमा तत्कालको निम्ति बन्द फिर्ता लिने निर्णय गरेको थियो ।
सरकारले लोकेसेवाको परीक्षा आँदो श्रावण ४ गतेदेखि नेपाल अधिराज्यभरी लिने निर्णय गरिसकेको छ ।
Categorized in राष्ट्रिय