STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन ः यादव

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादव देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरमा वर्तमान सरकारसँग रहेकाले सरकार त्यसअनुरुप अगाडि बढ्नुपर्ने सल्लाह दिनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “जनताले गरेको आशाअनुरुप यो सरकारले परिवर्तनकारी काम गर्न सकेन ।” यादवले देशको आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गर्नुभयो । अर्को प्रसङ्गमा संविधान अपूरो तथा अधुरो रहेकाले संविधान संशोधनको विकल्प नभएको बताउँदै उहाँले सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुन सक्ने सङ्केत उहाँले गर्नुभयो । बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले सरकारले बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन गरी उपयोग गर्ने नीति बनाउनुपर्ने सल्लाह यादवले दिनुभयो । उहाँले पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्ने बताउँदै समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको बताउनुभयो । संयोजक यादवले पार्टीले राजपाको महाधिवेशन घोषणा गरिसकेको स्पष्ट पार्दै महाधिवेशन सफल बनाउने, पार्टीको सङ्गठन बलियो बनाउने, सिद्धान्त, नीति तथा कार्यक्रम लागू गर्न पार्टी दृढ छ भन्नुभयोे । संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा राजपाले नेपाली काँग्रेससँग सहकार्य गरी संसद्मा सशक्त भूमिका खेल्ने बताउनुभयो ।
Categorized in राष्ट्रिय