STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेकपा विप्लवको घोषणा : फागुन ३० गते नेपालबन्द !

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण २६, आइतबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा आउँदो फागुन ३० गते नेपालबन्द घोषणा गरेको छ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति सार्वजनिक गरी आफ्नो पार्टी नेता कार्यकर्ता गिरफ्तारी, झूठा मुद्दा, कपिलवस्तुमा भएको गोली काण्ड, रोल्पा, कपिलवस्तु र कालिकोट लगायत अन्य जिल्लामा भएको अप्रेशनको विरुद्ध फागुन ३० गते बिहिबार आमहड्तालसंगै नेपालबन्दको आह्वान गरेको छ ।

विप्लव नेकपाले फागुन २४ गते शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “प्रचण्ड सरकारले केही समय अघिदेखि देशभर फासिष्ट दमन अभियानलाई तीब्र पारेको छ । दमनको क्रममा २३ गते बिहान ५ बजे कपिलबस्तु शिवराज नगरपालिका वडा नम्बर ९ को अंचलपुरका युवा दुर्गाबहादुर रोकालाई घरबाटै गिरफ्तार गरी चौकीमा लगिएको र फेरि सुन्दरीडाँडा जंगलमा लगी गोली हानी घाइते बनाएको छ भने देशभरबाट केन्द्रीय सदस्य बन्धु चन्द, किसान संगठनका अध्यक्ष राजु कार्कीसहित सयौं नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।”

त्यस्तै, पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षर गरी सार्वजनिक गरेको विज्ञप्तिमा गाउँ गाउँमा संकटकालको स्थिति सिर्जना हुने गरी छापा मारेको, यातना दिएको साथै झूठा मुद्दा लगाइएको काम गरेका छन् भनी उल्लेख गरेको छ भने उक्त विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी उक्त रक्तपिपाशु दमनको घारे भत्सर्ना गर्दछ । साथै घाइते भएका युवा दुर्गा रोकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।”

विज्ञप्तिमा उक्त सम्पूर्ण राज्य आतंक, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूठा मुद्दाप्रति सम्पूर्ण राजनीतिक शक्ति, मानवअधिाकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भनी आग्रह गर्दछ भनी उल्लेख गरिएको छ ।

Categorized in राजनीति