STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महानगरपालिकाका एक कर्मचारी पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २७, सोमबार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिकाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरीवृत्त सिंहदरबारको टोलीले शनिबार दिउँसो महानगरका कर्मचारी बाबुराजा पुजारीलाई पक्राउ गरेको हो। विदाको दिनको मौका छोपेर बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं(१७ का ५२ वर्षीय पुजारीलाई प्रहरीले पक्राउ गरेको हो। उनी काठमाडौं महानगरमा कुचिकार पदमा कार्यरत छन्। उनी कुचिकारका प्रमुख पनि हुन्। पक्राउ परेका महर्जनलाई जबरजस्ती करणीमा आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए। उनका अनुसार बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पतालमा भएको छ। अहिले उनलाई न्यायिक परामर्शमा राखिएको बोगटीले जानकारी दिए। महानगरका कर्मचारीका अनुसार शनिबार मध्याह्न १२ बजेतिर पुजारी मोटरसाइकलमा बालिका र उनका भाइलाई लिएर महानगरको पुरानो भवनमा छिरेका थिए। पुरानो भवनको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर पुजारीले बालिकालाई जबरजस्ती करणी गरेका थिए। सँगै रहेका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई पक्राउ गरेको थियो। घटनाको भोलिपल्ट आइतबार कार्यालय समयमै प्रहरी बालिकालाई लिएर महानगरमा आएको थियो। ‘प्रहरीले बालिकालाई लिएर आई मुचुल्का उठाएपछि मात्र यो घटनाबारे हामीलाई जानकारी भयो,’ एक कर्मचारीले भनिन्, ‘महानगरपालिकाभित्रै बलात्कारको घटना भएपछि हामीलाई असुरक्षा महसुस भएको छ।’ ती बालिका कहाँ की हुन् र पुजारीले कसरी त्यहाँसम्म उठाएर ल्याए भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे प्रारम्भिक चरणकै अनुसन्धान चलिरहेकाले त्यसबारे अहिले बताउन नसकिने जनायो।
Categorized in अपराध-दुर्घटना