STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शिक्षकलाई पाँच लाख सहयोग गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले रु पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो । ‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिनुभयो । उहाँले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गर्नुभयो । अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताउनुभयो । “मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो”, उहाँले भन्नुभयो । खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्कनुभएको छ । चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन् । दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ ।
Categorized in राष्ट्रिय