STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २६, बिहिबार

मुसीकोट नगरपालिका– १० चुनमा पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ । बुधबार बेलुकी ५ः३० बजेको समयमा बाटो माथिबाट आएको पहिरोमा पुरिएर स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना