STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

७४ छाडा कुकुरको बन्ध्याकरण

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ३१, मंगलबार

बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गराएको थियो । छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिनुभयो ।गाउँपालिकाभित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षितसाथ बन्ध्याकरण गरिएको उक्त गाउँपालिकाले जनाएको छ । यो अभियानमा स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख बरुवालले बताउनुभयो ।
Categorized in राष्ट्रिय