पूर्व कुमारी प्रीति, जसले ुनानिचाःया रथयात्रा पूरा नगरी हुनुपर्यो कुमारी घरबाट बिदा
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन १, बुधबार
तर, कुमारीको रथ यात्रा प्याफल ( यट्खा भन्दा अघि बढ्नै सकेन। सरकारसँग झुक्यो भने सबै संस्कृति मास्छ भन्नेहरुको वर्चश्व थियो। रथ यात्रा हुने स्थानहरुमा ठाउँठाउँमा अवरोध थियो। मध्यरात भइसकेको थियो। कुमारीलाई बीच बाटोबाटै फर्काउनु पर्यो।
बाबुराम भट्टराईको एउटा निर्णयले इतिहासमा पहिलो पटक कुमारी जात्रा अवरुद्ध भयो।
त्यसबखत जीवित कुमारी थिइन प्रीति शाक्य। सम्भवतस् प्रीति नै एक मात्रै कुमारी हुन् जसले येँयास्मा रथ यात्रा पूरा गर्न सकिनन्। ११ वर्षकी थिइन् उनी।
ुत्यो दिन मलाई रथयात्राको बीचबाटै फर्काइएको थियो। धेरै राति भइसेको थियो। अगाडि जाने अवस्था थिएनु पूर्व कुमारी प्रीति शाक्य आफ्नो कुमारीको अन्तिम रथ यात्रा सम्झँदै भन्छिन्,ु त्यो मेरो अन्तिम रथ यात्रा थियो। त्यो पूरा नै भएन।ु
पृथ्वीनारायण शाहले इन्द्रजात्राको रमझमका बीच नै चारैतिर घेरा हालेर काठमाडौंमा विजय हासिल गरेका थिए। तर, उनले नेवार संस्कृतिलाई रोक्न सकेनन्। शाहले राज्य त जिते तर कुमारी दर्शन गरे र जात्रा सुरु गरे। त्यसैको निरन्तरतामा इन्द्रजात्राको पहिलो र अन्तिम दिन राजा कुमारी दर्शन गर्न कुमारी घर पुग्थे। राजतन्त्रात्मक राष्ट्रको अन्तिम कुमारी प्रीतिले सोही घटनाका कारण गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई टीका लगाएर परम्परालाई निरन्तरता दिन सकिनन्।
राजतन्त्र भएको बेलामा उनलाई दर्शन गर्न ुनानिचास्यास्ु रथ यात्रा सकेपछि राजा कुमारी घर पुग्थे। राजा ज्ञानेन्द्रलाई टीका लगाइदिएको सम्झदै प्रीति भन्छिन्,ु राजा विशेष हुने भएकाले हामी बायाँ हातले टीका लगाइदिन्थ्यौं। बाँकीलाई दायाँ हातले। राजतन्त्र सकिएपछि भने मैले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रप्रमुखको हैसियतमा टीका लगाइदिएकी थिए। त्यसबेला मलाई उनी राजा होइन भन्ने थाहा थियो।ु
प्रीति केही हप्ता अगाडि मात्रै २२ वर्षकी भइन्। प्राइम कलेजमा बिबिएस पढ्दै गरेकी प्रीतिलाई अहिले पनि कुमारी घरको याद भने आइरहन्छ। त्यसैले उनी बेलाबेला कुमारी घर पुग्छिन्। आफू ८ वर्ष बसेको घर पुगेर याद ताजा गर्छिन्।
कुमारी घरबाट बिदाईसँगै देखेको ुक्रूरु समाज
२०६५ सालको दशैंको महाअष्टमीमा कुमारी घरबाट विदा भइन् प्रीति। साढे ३ वर्षको उमेरमा कुमारी घर प्रवेश गरेकी प्रीति कयौं याद बोक्दै ८ वर्षपछि कुमारी घरबाट खटमा बसेर बाहिरिँदा आँखाभरी आँशु थियो।
त्योबेलाको उनको फोटो निकै ुआइकनिकु मानियो।
ुमलाई म फेरि कुमारी घर फर्किन्न भनेर पहिलै थाहा थिएन। जब म घरबाट निस्के र मलाई आफू कहाँ जाँदैछु भन्ने थाहा भयो म निकै रोएँु प्रीतिले सो समय रुँदै गरेको फोटो देखाउँदै भनिन्,ु ८ वर्ष बिताएको घर, त्यहाँका सबैजना मेरो परिवार जस्तै भइसकेका थिए। उनीहरु सबै रोए। र पनि निकै भावुक बने।ु
तर, जब प्रीति जीवित देवी कुमारीबाट सामान्य रुपमा फर्किइन् तब उनले समाजलाई विस्तारै बुझ्दै गइन्। उनलाई समाज निकै ुक्रूरु लाग्न थाल्यो।
ुबाहिर कुरा काट्ने मानिस धेरै हुँदा रहेछन्। नराम्रो सोच्ने मानिस धेरै हुँदा रहेछन्। कुमारी घर छँदासम्म मैले कहिल्यै नराम्रो महसुस गरेको थिइनँ। मानिसहरुले मेरो कपाल इत्यादिलाई लिएर बोल्न थाले। मलाई निकै नराम्रो महसुस भयो।ु
कुमारी छँदा प्रीति कुमारी घरबाट वर्षमा करिब ११ पटकमात्रै बाहिर निस्किन पाउँथिन्। बाँकी समय कुमारी घरभित्रै। पढाइदेखि चाहिने अरु सुविधा सबै कुमारी घरमा नै हुन्थ्यो। कुमारीबाट अवकाश पाएपछि प्रीतिले विद्यालयमा ुफुल टाइमु पढ्नु पर्यो।
ुपहिला त निकै गाह्रो भयो। कुमारी घरमा ३(४ घण्टा पढाइ हुन्थ्यो। बाहिर पूरा समय पढ्नु पर्ने। कभर अप गर्न निकै गाह्रो भयो। पछि सबै सामान्य बन्यो।ु
प्रीति जीवनमा शिक्षाको महत्व धेरै रहेको भन्दै कुमारीलाई पनि राम्रो शिक्षा दिनुपर्नेमा जोड दिन्छिन्,ु म भएको समयमा पनि कुमारी घरमा राम्रो नै पढाइ हुन्थ्यो। अहिले पनि राम्रै छ। कुमारीको शिक्षामा अझै राम्रो बनाउन सकेपछि अवकाश पाएपछि राम्रो उनीहरुलाई नै फाइदा हुन्छ।ु
कुमारी छँदा वर्षमा तीनपटक रथयात्राका लागि प्रीति बाहिर निस्कँदा उनलाई आकर्षित गर्थे मजिपास् लाखे र पुलुकिसी। त्यसैले उनी आफूसँगै बसेका व्यक्तिलाई छिनछिनमा लाखे र पुलुकिसी नचाउन आग्रह गर्थिन्। रथ यात्रामा उनलाई सबैभन्दा पिर भने सिक्काहरुबाट हुन्थ्यो। रथयात्राको क्रममा मानिसहरु फूलसँगै सिक्का अर्पण गर्थे। टाढाबाट अर्पण गर्नुपर्दा सिक्का हुर्रिएर आउँथ्यो। ती सिक्काले लाग्दा नराम्रो लागेको उनले सुनाइन्।
रथयात्राका क्रममा कुमारी, गणेश र भैरवले करिब ५(७ घण्टा रथ यात्रा गर्नुपर्छ। त्यसबेला प्राकृतिक रुपमा उनीहरुमा शक्ति आउने जनविश्वास छ। प्रीति भन्छिन्,ुकुमारीलाई इष्टदेवी तलेजुका रुपमा पूजा गर्ने गरिन्छ। त्यत्रो घण्टा एउटै स्थानमा बसेर यात्रा गर्नुपर्छ। नेचुरल रुपमा नै हामीमा शक्ति आउँछ। केही गाह्रो भएको महसुस हुँदैन। ु
अवकाशपछि प्रीति स्वतन्त्र छिन्। पूर्व कुमारीको रुपमा प्रीति अहिले पनि इन्द्रजात्रा हेर्न पुग्छिन् र ुनोस्टालजिकु हुन्छिन्। उनको एकजना साथीले भने अहिले पनि उनको हात ढोगेर सम्मान गर्ने गरेका छन्। यद्यपि, पूर्व कुमारीका रुपमा उनलाई केही रोकतोक नभएको होइन।
ुकुमारी हुनु गर्वको कुरा हो। अवकाशपछि पनि हामीलाई मानिसहरुले सम्मान गर्छन्। त्यसैले हामी अनुशासनमा बस्नै पर्छ।ु
आफू अनुशासनमा बसिरहँदा भने उनी कुमारी प्रथालाई लिएर नकरात्मक टिप्पणी गर्नेहरु प्रति पनि सचेत छिन्। कुमारी प्रथा नै नबुझेकाले कुमारी घरभित्र बालिकालाई बन्धक जस्तै राखिन्छ भनेर गर्ने कुराको उनी खण्डन गर्छिन्।
ुविरोध गर्नेले गरिरहन्छन्। मान्छेको कामको भन्ने। तर वर्षौंदेखि चलिआएको कुमारी प्रथालाई नकारात्मक रुपमा प्रस्तुत गर्न मिल्दैन। उनीहरुले गलत व्याख्या गर्दा गाह्रो त हामीलाई हुने हो। जसलाई यसबारे केही थाहा छैन उनीहरु बोलिरहेका छन्। यी सबै बाधा अवरोधलाई सामना गर्दै अब हामीले यस प्रथालाई जीवन्त बनाइरहनुपर्छ।ु
यो पनि( मतिना जीवित देवीबाट सामान्य किशोरी बनेपछिको एक वर्ष, भन्छिन्( ुरमाइलो लागिराुछु ।
पहिलो पोष्ट
Categorized in विचार


