‘कहाँ जाने ः जहाँ मन शान्त हुन्छ।’
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ५, आइतबार
कतै भेटिएको र मन परेको त्यस उक्तिलाई उहाँले केही मिलाएर रोचकरूपमा प्रस्तुत गरेपछि भाषण सुन्ने तरखरमा रहेका सहभागीहरु कविता सुनिएकामा आश्चर्यमा परेका थिए । सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री प्रदीप नेपालले यसलाई साहित्यको शक्तिका रूपमा लिनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “साहित्यले नेता नेपाललाई आज कवि बनायो । यो साहित्यको देन हो ।”[/caption]
वरिष्ठ नेता नेपालले पूर्वीय साहित्य समृद्ध भएको र संसारको ध्यान वेद, पुराण र उपनिषद्का ज्ञान र खोजतर्फ आकर्षित हुन थालेकाले नेपालीहरु हिनताबोधमा रहनुनपर्ने जनाउँदै भन्नुभयो, “हामीले नकारात्मकताबाट होइन सकारात्मताबाट सिक्नुपर्छ । गरेर देखाउनुपर्छ । सपना देख्नुपर्छ तर सपनालाई विपनालाई रूपान्तरण गर्नका लागि ठोस योजना बनाउन सक्नुपर्छ । सही योजना नभए सपनालाई कहिल्यै विपनामा रूपान्तरण गर्न सकिँदैन । योजनाको अनुगमन पनि सहीरूपमा गर्न सक्नुपर्छ ।”
पार्टीभित्रको असन्तुष्टिलाई सङ्केत गर्दै उहाँले सरकारको रकम त्यत्तिकै खर्च हुने तर काम नहुने अवस्थाको अन्त्यका लागि नियमित अनुगमन गर्न, राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्डित गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेता नेपालले मूलधारको राजनीतिबाट असन्तुष्ट भई हिंसात्मक गतिविधिमा लागेका नेत्रविक्रम चन्दको समूहलाई वार्तामा आउन र जनताको मत लिएर शासन सत्तामा आउन सक्ने प्रबन्ध संविधानले गरेको स्मरण गराउनुभयो । यति बोल्दा बोल्दै नेता नेपाललाई अन्यत्र जान हतार भइसकेको थियो, समयको व्यवस्थापन गर्न आयोजक, जोशी र उप्रेतीको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी समापन गराएको थियो । स्रष्टाहरुसँग सामूहिक तस्बीर लिएर नेता नेपाल फटाफट निस्कनुभयो ।
कार्यक्रममा रु एक लाख एक हजार १०१ राशिको ‘शमी साहित्य साधना सम्मान’ माधव भँडारीलाई, रु २५ हजार १०१ राशिको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ गायिका मेलिना राईलाई, रु २० हजार १०१ राशिको ‘सम समता लैङ्गिक अध्ययन पुरस्कार’ गत वर्षको कक्षा १२ मा लैङ्गिक अध्ययनमा सर्वोत्कृष्ट हुने विद्यार्थी आश्वासन दाहाललाई प्रदान गरियो । सो संस्थाले विसं २०६७ देखि सम्मान वितरण आरम्भ गरेको हो ।
यसैगरी, प्रतिष्ठानबाट प्रकाशित प्रा डा वीणा पौडेलको ‘वेदपुराणका रत्नहरु’, घनश्याम राजकर्णिकारको ‘प्रनितिधि नियात्रा’ र दाहाल यज्ञनिधिको ‘जदौ’ पुस्तक लोकार्पण गरियो ।
समालोचक प्रा राजेन्द्र सुवेदी र प्रा डा खगेन्द्रप्रसाद लुईंटेलले स्रष्टा भँडारीले नेपाली साहित्यमा दिएको योगदानलाई प्रतिष्ठानले उचित मूल्याङ्कन गरेको बताउनुभयो । स्रष्टा भँडारीले आफू इलामको कुनामा लुकेर लेखिरहेको व्यक्तिलाई सम्झिएकामा खुशी व्यक्त गर्नुभयो ।
समालोचक डा ज्ञानु अधिकारीले ‘शमी’ मासिकको दोस्रो अङ्कको समीक्षा गर्दै पत्रिकामा साहित्यिक बहस छेड्ने खालका समालोचनाहरु प्रकाशन गर्न सुझाव दिनुभयो । कार्यक्रममा संरक्षक डोलिन्द्रप्रसाद शर्माले जन्मस्थल बाग्लुङको तित्याङमा ‘लेखक गाउँ’ स्थापनाका लागि आफ्नो पैत्रिक सम्पत्तिको आठ रोपनी जग्गा प्रतिष्ठानको नाममा हस्तान्तरण गर्ने घोषणा गर्दै ‘शमी’ साहित्यिक मासिकलाई निरन्तरता दिइने बताउनुभयो ।
Categorized in सिनेमा


