‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २८, बिहिबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ ।
अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित भएको भन्दै सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषयमा दृढतापूर्वक लाग्न आग्रह गर्नुभयो ।
कामदारको नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न न्यूनतम मापदण्डको आवश्यकता रहेको भन्दै मन्त्री विष्टले यस्ता मापदण्ड बनाउन पनि आइओएमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले श्रम आप्रवासनको दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न सुझावसमेत दिनुभएको श्रम मन्त्रालयले जनाएको छ ।
भेटमा क्षेत्रीय निर्देशक मोटसले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय


