STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उत्तर कोरियाले कर्मचारी फर्कायो

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ । गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा कोरियाली प्रायःद्वीप मेलमिलाप र सम्पर्कका लागि सो कार्यालय खोलिएको थियो । तर प्योङयाङले सो कार्यालयबाट आफ्ना कुटनीतिज्ञलाई फिर्ता लगेको दक्षिण कोरियाका उप–एकीकरण मन्त्री चुन हाए सुङ्ले बताउनुभएको छ । माथिल्लो तहबाट नै यस्तो आदेश आएको आफ्ना कर्मचारीको भनाइ उद्धृत गर्दै मन्त्री चुनले भन्नुभयो, “उत्तर कोरियाका कर्मचारीहरु तपाइँहरु जेसुके गर्नुस् भन्दै एकाएक बाहिरिए ।” अमेरिकाले प्रतिबन्ध लगाउने अडान लिइरहेको खण्डमा देशको सार्वभौमिकता र सर्वोच्च हित प्रतिरक्षा गर्नका लागि नयाँ बाटो अपानाइने उत्तरी कोरियाली नेता किमले नयाँ वर्षको उपलक्ष्यमा दिनु भएको सम्बोधनमा बताउनुभएको थियो । मन्त्री चुनले उत्तर कोरियाले सम्पर्क कार्यालयबाट आफ्ना कर्मचारी हटाउने निर्णय निकै दुःखद रहेको पनि बताउनुभयो । तैपनि हामी सम्पर्क कार्यालयका कर्मचारीलाई तत्कालै फिर्ता बोलाउने छैनौं, उहाँले भन्नुभयो ।
Categorized in अन्तर्राष्ट्रिय