STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रानीकोटगढी पर्यटकीय आकर्षणको केन्द्र

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ८, मंगलबार

सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । करोडदेखि अर्बसम्मको लगानीमा होटल व्यवसाय शुरु हुन थालेको छ । यसैक्रममा सोमबार सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा पाइलटबाबा आश्रम नजिकै रु ३७ करोडको लागतमा निर्माण हुन लागेको ‘द ग्राण्ड गुण्डु रिसोर्ट’को शिलान्यास गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहँदा सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएको बताउनुभयो । सूर्यविनायकदेखि गुण्डु हुँदै र सूर्यविनायकदेखि गणेश मन्दिर हुँदै आउने दुईवटा आठदेखि ११ मिटरसम्मको चौडा भएको सडक निर्माण सम्पन्न भइसकेको बताउँदै उहाँले भन्नुभयो, “अबको दुई वर्षमा सबै सडक कालोपत्र गर्छाँै, यहाँ आवश्यक खानेपानीदेखि अन्य पूर्वाधार मेरै पहलमा पूर्णता गर्छु, अब व्यवसायीले ढुक्कसँग लगानी गर्नुस् ।” नौ हिमशृङ्खलादेखि काठमाडौँ उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पेडाँडा, रानीकोट, बोकाचा गढी, अनन्तलिङ्गेश्वरलगायतका क्षेत्र नयाँ पर्यटकीय आकर्षक गन्तव्य बनेको छ यस क्षेत्रमा प्याराग्लाइडिङ, बन्जीजम्प, जिपलाइन सञ्चालन तथा पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण शुरु भएको छ । कार्यक्रममा द ग्राण्ड गुण्डुका अध्यक्ष विज्ञान राईले १८ व्यवसायीको सामूहिक लगानीबाट रु ३७ करोड लागतमा ५२ रोपनी क्षेत्रफलमा अत्याधुनिक सुविधासम्पन्न होटल निर्माण गर्न लागेको जानकारी दिँदै दुई वर्षमा निर्माण सम्पन्न गरिने छ भन्नुभयो । उहाँले भन्नुभयो, “साततले भवनमा ४४ सुविधासम्पन्न कोठा रहन्छन्, करीब २०० अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वैट, स्वीमिङपुल, स्पा, व्यायामकक्ष, बालउद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक खेलहरुको मैदान, वनभोजस्थल, २०० सवारी साधन अट्ने पार्किङलगायतका संंरचना निर्माण हुन्छ ।” होटलमा कुखुरा, कालिज, गाईलगायतका पशुपंक्षीको फार्म, बालबालिका तथा विद्यार्थीका लागि अध्ययन केन्द्र अग्र्यानिक खानाको व्यवस्था गरिने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा सुनपा–७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, ८ का वडाध्यक्ष किरण थापा, द ग्राण्ड गुण्डुका सञ्चालक नूतन सुब्बा, घ्याम्पेडाँडा पर्यटन विकास समितिका अध्यक्ष रोमन शिलाकारलगायतले पर्यटन व्यवसायबाटै भक्तपुरको आर्थिक समृद्धिमा टेवा पु¥याउने बताउनुभयो । अध्यक्ष शिलाकारले यही क्षेत्रमा रु तीन अर्बको लगानीमा घ्याम्पेडाँडामा होटल सञ्चालन गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने घोषणासमेत गर्नुभयो ।
Categorized in राष्ट्रिय