STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अनलाइनबाटै मनाइयो विश्व नेवार दिवस

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १८, मंगलबार

काठमाडौं– तेस्रो विश्व नेवार दिवस विश्वका विभिन्न देशमा रहेका नेवार अगुवाहरुबीच अनलाइन सम्मेलन गरी मनाइएको छ । अमेरिकाको टेक्सास राज्यमा रहेका प्रमेश श्रेष्ठले संचालन गरेको उक्त सम्मेलन तीन घण्टा बढी चलेको थियो । नेपाली समयअनुसार शनिबार (चैत १५ गते) बेलुका १० बजे सुरु भएको सम्मेलन रातिको १ बजे सम्पन्न भएको थियो । हलिं नेवाः दबू (विश्व नेवार फोरम)का अध्यक्ष सिजन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको सम्मेलनमा विश्वका विभिन्न देशमा रहेका १७ जना नेवार अगुवाहरु सहभागी भएका थिए । अमेरिकाको पोर्टल्याण्डबाट दया शाक्य, बेलायतबाट कृष्ण चखुं, अमेरिका शिकागोबाट केशरमान ताम्राकार, सिक्किमबाट राजीवशंकर श्रेष्ठ, अमेरिका पोर्टल्याण्डबाट प्रज्ज्वल वज्राचार्य, दुबईबाट प्रमोद श्रेष्ठ, क्यानाडाबाट विमल श्रेष्ठ, बेल्जियमबाट रजनी प्रधान र रविन प्रधान, हङकङबाट रचना प्रधान, बैंककबाट आशाजीत अवाले, नेपालबाट पुष्कर माथेमा, शाक्य सुरेन, नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, पोर्चुगलबाट गंगाबहादुर नेमकुल, इजरायलबाट नरेशमान श्रेष्ठ र सिक्किमबाट रेशु प्रधानले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । सम्मेलनमा हलिं नेवाः दबूको २०१० देखि २०२० सम्मका गतिविधि, कोरोना भाइरस कोभिड–१९ को महामारी, सरकारले ल्याएको गुठी विधेयक र त्यसमा नेवार समुदायको पहलकदमी, दबूको भावी योजनालगायतका कुरामा छलफल भएको थियो । सम्मेलनबाट कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि आर्थिक सहयोग गर्न कोष गठन गरी त्यसको लागि रकम संकलन पनि गरिएको थियो ।
Categorized in राष्ट्रिय