STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डले गरे आर्थिक सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ४, आइतबार

नेपाल सरकार चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलचित्र कल्याकारी कोष सञ्चालक समितिले नेपालका केही कलाकर्मिहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । समितिको मिति २०८२।०३।२७ मा गरिएको निर्णयअनुसार, चलचित्रकर्मीहरूप्रति सम्मान र सहानुभूति प्रकट गर्दै औषधि उपचार र अन्य खर्च वापत केही चलचित्रकर्मी तथा परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो । जस अनुसार विशिष्ट नृत्य गुरु भैरव बहादुर थापालाई नगद रु. १,००,०००/- एकलाख रुपिंया आर्थिक सहयोग प्रदान गरेको छ भने  डिल बहादुर तामाङलाई रु. ३०,०००/-, नविन काजी राईलाई  रु. ५०,०००/- र राज कुमार जोशीलाई रु. २०,०००/- प्रदान गर्नुका साथि 

स्व. लक्ष्मी श्रेष्ठको लागि उनका ज्वाई कृष्ण बहादुर कार्की मार्फत  रु. २५,०००/- अार्थिक सहयोग प्रदान गरेको छ ।

सो आर्थिक सहयोगको रकम  कोष संयोजक बसुन्धरा भुसाल, चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार संघ अध्यक्ष समिर बलामी, चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामा, नेपाल द्वन्द्व चलचित्र कलाकार संघ अध्यक्ष नारायण प्रधान तथा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश  डिसीआदि सहभागि भएर हस्तान्तरण गर्नुभएको थियो ।

Categorized in सिनेमा