STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ भाद्र ३१, मंगलबार

    बिक्री नभएपछि घरमै थन्कियो यार्सागुम्बा

    अपि हिमाल गाउँपालिका– ४ का कल्यानसिंह बोहराले गत जेठ र असार महीनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् । यार्सागुम्बाको बजार मूल्यमा आएको गिरावटका कारण यार्सागुम्बा गाउँघरमै थन्किएको छ । मूल्य नै नतोकिएपछि सङ्कलकहरुले व्यापारीलाई यार्सागुम्बा बिक्री गर्न नपाएपछि घरमै थन्किएको छ । सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । मूल्य निर्धारण...

  • २०७६ भाद्र ३१, मंगलबार

    नेप्से झन्डै २७ अङ्कले बढ्यो

    अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न...

  • २०७६ भाद्र ३०, सोमबार

    अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

    विगत दुई वर्ष यता फुल अण्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषकसामु देखापरेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा बिक्न सकेको छैन । सङ्घले ठूलो अण्डा प्रतिक्रेट फार्म मूल्य रु २७० तोकेको थियो । तर, हाल...

  • २०७६ भाद्र ३०, सोमबार

    नेप्से दोहोरो अङ्कले घट्यो

    आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।१८ बिन्दु अर्थात् १।४२ प्रतिशतले घटेर एक हजार १२३।८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १।४६ अर्थात् ३।६६ बिन्दुले घटेर २४६।३५ बिन्दुमा ओर्लिएको छ...

  • २०७६ भाद्र २९, आइतबार

    सुनको मूल्य निरन्तर घट्दै

    पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोवार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ९०० कायम भएको छ । शुक्रबार...

  • २०७६ भाद्र २९, आइतबार

    शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

    साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७।८७ विन्दुले घटेर एक हजार १४०।०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १।५४ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३।७९ अङ्क अर्थात् १।४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२...

  • २०७६ भाद्र २७, शुक्रबार

    खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

    बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार यहाँ आयोजित दशैँ, तिहार तथा छठ लक्षित आपूर्ति व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महनिर्देशक योगेन्द्र गौचनले...

  • २०७६ भाद्र २६, बिहिबार

    सुनको मूल्य लगातार ओरालो

    दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार सुनको मूल्य घटेर रु ७१ हजार पुगेको थियो । बुधबार भने सुनको मूल्य स्थिर रह्यो । आज पुनःसुनको मूल्यमा...

  • २०७६ भाद्र २५, बुधबार

    मूल्य निर्धारण नहँुदा थन्कियो यार्सागुम्बा

    सङ्कलन गरिएको तीन महीना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ । बहुमूल्य बुटीका रूपमा रहेको यार्सागुम्बाको मूल्य निर्धारण नभएपछि गाउँघरमा सङ्कलन गरिएको यार्सागुम्बा थन्किएको र यार्सागुम्बा सङ्कलकहरू बिक्री गर्ने मूल्य निर्धारण नहँुदा अन्योलमा परेका छन् । तीन महीनाको कडा परिश्रमबाट सङ्कलन गरिएको...

  • २०७६ भाद्र २४, मंगलबार

    डिजेल र पेट्रोलको मूल्य घट्यो

    नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ । पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि...

  • २०७६ भाद्र २४, मंगलबार

    धितोपत्र बजारः नेप्से घट्यो

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २।२४ बिन्दुले घटेर एक हजार १६६।६७ बिन्दुमा झरेको छ । अपराह्न १ बजेसम्म एक हजार ६१।९३ बिन्दुमा झरेको नेप्से क्रमशः उकालो लागेर २ बजेर २० मिनेटसम्म एक हजार १७२।८२ मा पुगेको थियो । पुनः नेप्से ओरालो लागेर बजार बन्द हुँदा एक हजार १६६।६७ मा सीमित भयो । नेप्से घटेपनि ‘क’ वर्गका कम्पनीको शेयर...

  • २०७६ भाद्र २३, सोमबार

    करोडको स्याउ बारीमै थन्कियो

    सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ । जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५...

Pages