STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०७६ कार्तिक ४, सोमबार

    तिहारको लागि माटोका भाँडा अत्यधिक बिक्री

    तिहार नजिकिँदै गर्दा यहाँ माटाको भाँडा बिक्री अत्यधिक मात्रामा भइरहेको छ । प्रदेश नं १ को राजधानी विराटनगर बजारमा अहिले व्यापारीलाई माटोबाट बनेका विभिन्न सामग्री बेच्न भ्याइनभ्याइ भएको छ । उज्यालोको पर्वका रुपमा चिनिएको तिहारका लागि माटोका भाँडा बनाउनमै कुमाले व्यस्त छन् । सर्वसाधारण सानो दियो, कलश, घैला, मटकुरी, हन्डी धुपोरो, चारमुखे दियोलगायत सामग्री किनमेल गर्न बजार आउने गरेका छन् । दियो...

  • २०७६ कार्तिक ३, आइतबार

    नेप्से परिसूचक ओरालो यात्रामा

    धितोपत्र बजारमा शेयर कारोवर मापक नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । साताको आज पहिलो दिन नेप्से चार अङ्कले ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४।०३ विन्दुले ओरालो लागेर एक हजार १३३।७१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०।७७ विन्दुले घटेर २४८।३५ विन्दुमा पुगेको छ । नेप्से आरोलो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १२८ कम्पनीको चार लाख २१ हजार ४७४...

  • २०७६ कार्तिक १, शुक्रबार

    एकै गोठबाट दशैँमा २० लाख आम्दानी

    दशँैका अवसरमा भेडा र खसी बिक्री गरेर यहाँका एक किसानले एकै महीनामा रु २० लाख बढी आम्दानी गर्नुभएको छ । म्याग्दीको ऋखार क्षेत्रमा भेडापालन गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका देवान हिमबहादुर छन्त्यालले १०० को हाराहारीमा भेडा र खसी बिक्री गर्नुभएको हो । व्यापारीले गोठमै पुगेर भेडा र खसी खरीद गरेको भेडापालक कृषक छन्त्यालले बताउनुभयो । धवलागिरि हिमालको फेदी नजिक ऋखार क्षेत्रमा रहेको गोठबाट...

  • २०७६ आश्विन ३०, बिहिबार

    भारतीय नागरिकका कारण नेपालगञ्जमा फिल्म व्यापार फस्टाउँदै

    भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् । भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय...

  • २०७६ आश्विन २८, मंगलबार

    सामान्य विन्दुले बढ्यो नेप्से

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३।६२ विन्दुले बढेर एक हजार १४०।५८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०।९७ विन्दुले बढेर २५०।१४ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने औसतमा समेटिएको छ । कूल १५० कम्पनीको सात लाख १९ हजार ३३० कित्ता शेयर रु २० करोड ९२ लाख छ हजार ६३१ मूल्यमा...

  • २०७६ आश्विन २४, शुक्रबार

    चीनसँग व्यापारः बङ्गुरको मासु चीनतर्फ निर्यात गर्न नेपाल इच्छुक

    बङ्गुरको मासु चीनतर्फ निर्यात गरी नेपालले ठूलो फाइदा लिन सकिन्छ । यसका लागि पोखरामा पिग औद्योगिक पार्क निर्माण भएको छ । विश्व अर्थतन्त्रको आकर्षण कृषिमा भन्दा औद्योगिकीकरणतर्फउन्मुख छ । नेपाल जस्ता विकासोन्मुख राष्ट्र भने कृषिमा निर्भर छन् । तीव्र औद्योगिकीकरणतर्फ लम्किरहेका चीन जस्ता राष्ट्रमा कृषि उत्पादन निर्यात गरी लाभ बटुल्ने अवसरलाई नेपालले केन्द्रबिन्दुमा राखेर योजना तर्जुमा गर्न थालेको छ...

  • २०७६ आश्विन २३, बिहिबार

    शेयर बजार ः झिनो अङ्कले घट्यो

    दशैँको बिदा सकिएलगत्तै खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०।३९ विन्दुले घटेर एक हजार १४९।०१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचकसमेत ०।०४ विन्दुले घटेर २५१।९३ विन्दुमा पुगेको छ । स्टकका अनुसार नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तोमा समेटिएको छ । कूल १२१ कम्पनीको दुई लाख ३२ हजार ६१९ कित्ता शेयर रु छ...

  • २०७६ आश्विन २२, बुधबार

    रु दुई करोड ५० लाखको खसीबोका बिक्री

    नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् । गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबँेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको...

  • २०७६ आश्विन १६, बिहिबार

    एनआईसी एसिया बैंकको नयाँ शाखा कलाकारिता प्रवद्र्धनमा प्रतिबद्ध

    पाटनको मूर्तीकला उत्पादनको केन्द्रबिन्दु रहेको क्षेत्र ओकुबहाल नजिकै प्रयागपोखरीमा एनआईसी एसिया बैंकको नयाँ शाखा खुलेको छ । शाखाको बुधवार बिहान अरनिको संस्कृति तथा व्यापार प्रवद्र्धन समाजका अध्यक्ष अजरमान जोशीको हातबाट उदघाट्न गरिएको छ । शाखाको उदघाट्न कार्यक्रममा सम्बोधन गर्दै जोशीले भने, ूदेशभर शाखा बिस्तार गर्दै बैंकिंग सेवाबाट मन जितेको यस शाखाले मूर्तीकला व्यवसाय र कलाकारहरुको प्रवद्र्धनमा...

  • २०७६ आश्विन १५, बुधबार

    सुनको मूल्य तोलाको ६०० बढ्यो

    मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला रु ६९ हजार ५०० निर्धारण भएको...

  • २०७६ आश्विन १५, बुधबार

    नेप्से परिसूचक ओरालो

    धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४।९८ अङ्कले घटेर एक हजार १४०।७१ मा पुगेको छ । यसैगरी सेन्सेटिभ परिसूचक ०।४३ अङ्कले घटेर २४९।७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज कूल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर रु २० करोड ३२ लाख ८७ हजार २३७ मा खरिद बिक्री भयो । आज कारोबार...

  • २०७६ आश्विन १४, मंगलबार

    सुन तोलाको ८०० ले घट्यो

    दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि...

Pages