STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७५ चैत्र २७, बुधबार

    म्याग्दीका सबै तहमा नेकपाको एकता कमिटी

    नेपाल कम्युनिष्ट पार्टी नेकपाले मङ्गलबार म्याग्दीका छ वटै स्थानीय तह र वडामा एकीकृत कमिटी गठन गरेको छ । चार पालिकासहित २८ वडामा पूर्वएमाले र दुई पालिकासहित १७ वडामा पूर्वमाओवादी केन्द्रका नेताको नेतृत्वमा कमिटी गठन भएको हो । अध्यक्ष र सचिवमा पहिलेका फरक–फरक पार्टीका नेतालाई चयन गरिएको नेकपाका जिल्ला संयन्त्र सदस्य गोविन्द पौडेलले बताउनुभयो । “पालिकाको नेतृत्व अनुमोदनका लागि प्रदेशमा सिफारिश गरेका...

  • २०७५ चैत्र २६, मंगलबार

    काङ्ग्रेसको भविष्य सङ्कटमा

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताउनुभएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन ९जिपी फाउण्डेशन० को नयाँ कार्यालय स्थापनाको अवसरमा उहाँले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म काङ्ग्रेस साह्रै कमजोर...

  • २०७५ चैत्र २५, सोमबार

    काङ्ग्रेसमा अनुशासन उल्लङ्घन गर्नेको नामावली सङ्कलन गरिँदै

    नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक तथा समर्थक भएका पार्टी सदस्यको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार...

  • २०७५ चैत्र २५, सोमबार

     काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास  

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय विभाग...

  • २०७५ चैत्र २२, शुक्रबार

    परिपत्र फिर्ताको माग माले  

    नेपाल कम्युनिष्ट पार्टी माले  ले गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता लिनेका सन्तानलाई वंशजको नागरिकता दिने भन्ने परिपत्र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएकोप्रति आपत्ति जनाएको छ । पार्टीका महासचिव सिपी मैनालीले जारी गर्नुभएको विज्ञप्तिमा संसद्मा विचाराधीन रहेको विधेयकमा प्रभावपर्ने गरी मन्त्रालयले जारी गरेको परिपत्र राष्ट्रियता विरुद्ध रहेकाले अविलम्ब फिर्ता गर्न माग गरिएको छ ।...

  • २०७५ चैत्र २१, बिहिबार

    सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छ नेता नेपाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताउनुभयो । उहाँले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म...

  • २०७५ चैत्र १९, मंगलबार

        काङ्ग्रेस आफँै सच्चिनु पर्छ महामन्त्री कोइराला

     नेपाली काङ्गे्रसका महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसले आफैँ सच्चिन पर्ने बताउनुभएको छ । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताउनुभएको हो ।    उहाँले भन्नुभयो, “काङ्ग्रेसको भित्र तिक्तत्ता छ, काङ्ग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन ।” काङ्ग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उहाँले सबैलाई...

  • २०७५ चैत्र १५, शुक्रबार

    नेपाल हिन्दूराष्ट्र बन्न सक्दैन ः उपसभापति निधि

    नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै...

  • २०७५ चैत्र १५, शुक्रबार

    स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । पूर्व नेकपा ९एमाले० र पूर्व ९माओवादी केन्द्र० ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद...

  • २०७५ चैत्र १५, शुक्रबार

    नेविसङ्घको तदर्थ समिति एक साताभित्र ः सहमहामन्त्री महत

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले एक साताभित्रमा नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले तदर्थ समिति गठनका लागि गृहकार्य भइरहेको जानकारी दिनुभयो । नेता डा महतले यसअघि नेविसङ्घ केन्द्रीय समितिको कार्यकाल सकिएपछि स्वतः भङ्ग भएसँगै रिक्त रहेकोमा तदर्थ समिति गठन गर्न लागिएको बताउँदै गठित तदर्थ समितिले ६ महिनाभित्रमा...

  • २०७५ चैत्र १४, बिहिबार

    अराजनीतिक गतिविधि त्याग्नुपर्छ मुख्यमन्त्री पोख्रेल

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उहाँले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताउनुभयो ।  “...

  • २०७५ चैत्र १३, बुधबार

    पार्टी एकता टुङ्ग्याउन नेकपाद्वारा कार्यदल गठन

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ । मङ्गलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको उपस्थितिमा जिल्ला संयन्त्रको चौँथो बैठकले स्थानीय तह र जनवर्गीय सङ्गठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो । बैठकले एकतालाई छिटो टुङ्ग्याउनका लागि साङ्गठनिक एकीकरणसम्बन्धी काम गर्नका लागि नेता हरिकृष्ण...

Pages