राजनीति
-
२०७६ श्रावण १, बुधबार
नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर राना र सचिव सोममाया राई सिन्धु सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई विजय, शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ । त्यस्तै सचिवालयको सदस्यहरुमा...
-
२०७६ आषाढ ३०, सोमबार
काङ्ग्रेसको नियमावली पारित
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा प्रथम दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका...
-
२०७६ आषाढ ३०, सोमबार
प्रतिनिधिसभाको बैठक स्थगन
प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगित गर्नुपरेको सूचनामा जनाइएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु हुने परिवारमा सान्त्वना दिन तथा प्रभावित क्षेत्रमा सहयोग गर्न सांसदहरु जिल्ला जानुपर्ने भएको हुँदा प्रतिनिधिसभाको...
-
२०७६ आषाढ ३०, सोमबार
एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो ः सभापति देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “बाढी,...
-
२०७६ आषाढ २९, आइतबार
पार्टीको १४औँ महाधिवेशन चाँडो हुनुपर्छ ः नेता सिंह
नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुत बनाउन पार्टीको १४ औँ महाधिवेशन चाँडो हुुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–२६ वडाले आज यहाँ आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उहाँले संविधानको नेतृत्व गर्ने काङ्ग्रेसले संविधानअनुसार पार्टी संरचना लैजानका लागि चाँडो महाधिवेशन गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । “लामो समयसम्म सङ्घीयताअनुसार...
-
२०७६ आषाढ २२, आइतबार
काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र...
-
२०७६ आषाढ २०, शुक्रबार
सहमति भए नेतृत्वको दाबी गर्दिन ः वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताउनुभयो । पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ ।...
-
२०७६ आषाढ १९, बिहिबार
विप्लवलाई मूलधारमा ल्याउनुपर्छ ः उपसभामति निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राख्नुभयो । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै...
-
२०७६ आषाढ १८, बुधबार
नेकपामा दीपक मनाङे प्रवेश
गण्डकी प्रदेशका सांसद दीपक मनाङे बिहिवार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश हुने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री भइसकेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने भन्ने जानकारी दिनुभएको छ । उनी मनाङ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी मा पनि विययी भएका थिए । तर फौजदारी मुद्यामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथ लिएका थिएनन् । उक्त मुद्या सर्वोच्च पुरानवेदन गरेका सर्वोच्चले...
-
२०७६ आषाढ १२, बिहिबार
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म...
-
२०७६ आषाढ ८, आइतबार
राप्रपा महाधिवेशन आगामी जेठमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरी देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प...
-
२०७६ आषाढ ८, आइतबार
गुथि विधेयक मुद्दालाई लिएर शनिबार विशाल खबरदारी मोटरसाइकल ¥याली
सरकारले संसदमा दर्ता गरिएको गुथि ऐन विधेयक फिर्ता लिने घोषणा गरिएता पनि आन्दोलनरत् गुथियार लगायत विभिन्न संघसंस्थाले सरकारलाई खबरदारी गर्न आउँदो शनिबार असार १४ गते काठमाण्डौंको नयाँ सडक बाट विशाल मोटरसाइकल ¥याली आयोजना गर्ने निर्णय गरेको छ । नेपाः ब्यांक्वेटमा आज आइतबार आयोजित गुथि विधेयक विषयक वृहत्त भेलाले यसरी मोटरसाइकल ¥याली आयोजना गर्ने निर्णय गरेको हो । उक्त भेलाले असार ९ गते सोमबार...


