राजनीति
-
२०७६ श्रावण २१, मंगलबार
पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति एव्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो सम्मान गर्नुभएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको...
-
२०७६ श्रावण १७, शुक्रबार
साउनभित्र पार्टी एकता टुङ्गिन्छ
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता माधवकुमार नेपालले साउन महीनाभित्र पार्टी एकता टुङ्गिने गरी काम भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले पार्टी एकता चाँडोभन्दा चाँडो टुङ्गाउने गरी काम भइरहेको बताउनुभएको हो । एकताको प्रक्रिया ढिलो हुँदा सबैमा चिन्ता बढेकाले यसलाई जतिसक्दो छिटो टुङ्गाउन आवश्यक परेकामा जोड दिँदै नेता नेपालले भन्नुभयो, “पार्टीभित्र विवाद...
-
२०७६ श्रावण १५, बुधबार
नाराबाजीले प्रतिनिधिसभाको बैठक अवरुद्ध
सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी राजपा ले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाउनुभएको थियो । सांसदहरुले विरोध गरिरहेकै बेला उहाँले बैठकको कारवाही अघि बढाउन खोजेपछि दुवै दलका सांसदले वेल घेराउ गर्नुभएको...
-
२०७६ श्रावण १४, मंगलबार
‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी ‘भृकुटी’ गिरफ्तार
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले गिरफ्तार गरेको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट महिला सङ्गठनकी केन्द्रीय महासचिव भृकुटीलाई प्रहरीले मङ्गलबार काठमाडौँ बाट गिरफ्तार गरेको हो । उपाध्याय पूर्वसभासद् पनि हुन् ।
-
२०७६ श्रावण १४, मंगलबार
‘विप्लव’ द्धारा बागमती, नारायणी र जनकपुर रामेछाप र दोलखा जिल्ला बन्दको आव्हान
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’ को तुरुन्त रिहाइको माग गर्दै साउन १५ गते बागमती, नारायणी र जनकपुर ( रामेछाप र दोलखा जिल्ला ) बन्द घोषणा गरेका छन् । ‘विप्लव का प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारि गर्दे यसरी बन्दको आव्हान गरेको हो
-
२०७६ श्रावण ८, बुधबार
काङ्ग्रेसमा निष्ठावान कार्यकर्ताको खोजी अभियान
नेपाली काङ्ग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाली काङ्ग्रेसभित्रै निष्ठावान काङ्ग्रेसको खोजी’ अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा डा भूपति ढकाल ‘कमल’ले पार्टीभित्र मौलाउँदै गएको गुट–उपगुटका कारण सङ्गठन दिनानुदिन कमजोर बन्दै गएको बताउनुभयो । नेपालमा...
-
२०७६ श्रावण ८, बुधबार
प्रतिनिधिसभा पहिलो बैठक स्थगित, दोस्रो २ः३० बजे बस्ने
प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ । सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २ः३० का लागि बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज हस्ताक्षरित सूचनामा जनाइएको छ । पहिलो बैठक विशेष कारणवश स्थगित गर्नुपरेको सूचनामा उल्लेख छ । प्रतिनिधिसभाको अघिल्लो ९असार ३१० को बैठक पनि सूचना टाँस गरी स्थगन गरिएको...
-
२०७६ श्रावण ६, सोमबार
‘सबै दलबीच मेलमिलाप आवश्यक’
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले बिपीको सम्मान गर्ने हो भने पार्टीभित्र र अन्य दलबीच आपसी मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । “मेलमिलापको नीति अङ्गीकार गर्ने बिपी र उहाँको पार्टी काङ्ग्रेसभित्रै आज मेलमिलाप छैन । नेता र कार्यकर्ताबीच सम्बन्ध बढाउन आजको दिनबाट प्रेरणा लिनुपर्छ ”, उहाँले भन्नुभयो । जननायक बिपी कोइरालाको ३७ औँ स्मृति दिवसका अवसरमा नेपाली काङ्ग्रेस तनहुँले व्यास...
-
२०७६ श्रावण ६, सोमबार
विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ – देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताउनुभएको छ । बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पार्नुभयो । सङ्घीय...
-
२०७६ श्रावण ६, सोमबार
राष्ट्रसेवक कर्मचारी इमान्दार हुनुपर्छ– मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेराष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ । मुख्यमन्त्रीको कार्यालयमा आज प्रदेशअन्र्तगतका विभिन्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिँदै उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा कर्मचारीले सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राईले कर्मचारीलाई विचार र राजनीतिक दृष्टिकोणले नहेर्न आग्रह गर्नुभयो ।...
-
२०७६ श्रावण ५, आइतबार
काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने
नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेश प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । काङ्ग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले...
-
२०७६ श्रावण १, बुधबार
नेकपाको पहिलो बैठकमै जिल्ला कार्यालय र सचिवालय गठन
नेपाल कम्युनिष्ट पार्टी नेकपा इलाम शाखाको पहिलो बैठकले जिल्ला कार्यालय र जिल्ला सचिवालय गठन गरेको छ । बैठकले सात सदस्यीय जिल्ला कार्यालय र ४३ सदस्यीय जिल्ला सचिवालय कमिटी गठन गरेको हो । जिल्ला कार्यालयमा जिल्ला कमिटी अध्यक्ष रामबहादुर मगर राना र सचिव सोममाया राई सिन्धु सहित सदस्यहरु भक्त केसी, महेश बस्नेत, तेजबहादुर राई विजय, शान्ता बस्नेत र उमेश गुरुङ रहनुभएको छ । त्यस्तै सचिवालयको सदस्यहरुमा...


