राजनीति
-
२०७९ माघ ११, बुधबार
गृहमन्त्रीको नागरिकता विवाद मुद्दा हेर्दाहेर्दैमा
काठमाडाैं - सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ । यो विवादको अन्तिम...
-
२०७९ माघ १०, मंगलबार
काम गर्न नसक्नेगरी राज्य संयन्त्र छाडिएको गृहमन्त्रीको आरोप
काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्न नसक्नेगरी राज्य संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शुक्रबार बैठकलाई सम्बोधन गर्दै उनले पूर्ववर्ती सरकारले काम नै गर्न नसक्नेगरी राज्यसंयन्त्रलाई थिलथिलो बनाएर छाडिएको आरोप लगाएका हुन् । काम गर्नलाई कानुन पालनाभन्दा पनि आदेश पालना गर्ने अवस्था सृजना गरिएको भन्दै उनले राज्यको संयन्त्रलाई कमजोर बनाइएको आरोप...
-
२०७९ माघ १०, मंगलबार
संघीयताको विरोध गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रुपमा संघीयताको विरोध गर्ने बहालवाला मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताउनुभएको छ । आज (मंगलवार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो मन्त्रिपरिषद्का मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । मन्त्रिपरिषद्भन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार सबैलाई भए पनि...
-
२०७९ माघ ९, सोमबार
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग
काठमाडाैँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन...
-
२०७९ माघ ९, सोमबार
कर्णाली प्रदेशमा सात मन्त्रालय कायम
कर्णाली - कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा समायोजन गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत कर्णाली प्रदेश...
-
२०७९ माघ ९, सोमबार
कांग्रेसले पायो प्रमुख प्रतिपक्ष दलको मान्यता
काठमाडौं - नेपाली कांग्रेसले प्रतिपक्ष दलको मान्यता प्राप्त गरेको छ । संघीय संसद् सचिवालयले माघ ४ गते लेखेको पत्रमा कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिँदै प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवाको सेवा सुविधा पनि तोकेको छ । सचिवालयका उपसचिव रामहरि थापाद्वारा लिखित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रवाट प्रतिनिधि सभामा...
-
२०७९ माघ ९, सोमबार
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने
काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । बैठकले कुनै पनि कानुनी अड्चन देखाएर राष्ट्रपतिको निर्वाचन पछि सार्न नहुनेबारे सरकार र निर्वाचन आयोगको...
-
२०७९ माघ ९, सोमबार
प्रदेश मन्त्रालय घटाएर खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री दाहाल
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउने र खर्चभार कतौती गर्ने बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम...
-
२०७९ माघ ८, आइतबार
विश्वासको मत दिएर गल्ती गरियाे : कांग्रेस संस्थापनइतर समूह
काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेकाे साे समूहको बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन् । सांसद चन्द्र भण्डारीले विश्वासको मत दिएर गल्ती गरियो भन्ने कतिपय साथीहरूकाे भनाइ रहेकाे बताए । भण्डारीले...
-
२०७९ माघ ८, आइतबार
प्रतिनिधिसभा उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित
प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । समाज सेवामा सक्रिए भएर राजनीतिमा आएकी झापाकी रानामगर रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन् । रानामगरलाई सात दलीय सत्ता गठबन्धनको समर्थन थियो । रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत पर्यो । विपक्षमा ९७ मत खसेको थियो । एक मत तटस्ठ रह्याे । शनिबार प्रतिनिधिसभामा सांसद २६४...
-
२०७९ माघ ६, शुक्रबार
फरार सांसद कोइरीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं - घाइते अवस्थामा अस्पतालतर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेको आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट पटकपटक सांसद कोइरीलाई...
-
२०७९ माघ ६, शुक्रबार
उपसभामुखमा सत्ता गठबन्धनबाट इन्दिरा रानामगरलाई उठाउने निर्णय, साेविता प्रस्तावक मात्र
काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता...


