STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक १४, बिहिबार

    ऐतिहासिक घतानकोत मन्दिर पुनःनिर्माण सम्पन्न

    धार्मिक, एतिहासिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको घतानकोत मन्दिरको पुनःनिर्माण भएको छ । स्थानीय समुदायको अगुवाइमा चन्दा सहयोग जुटाएर बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने सो मन्दिरको पुनःनिर्माण गरिएको हो । बाइसे–चौबिसे राज्यका पालामा तत्कालीन ढोलथाने राजाले पूजाआजाका लागि तीन सय वर्ष पहिले बनाएको सो मन्दिर जीर्ण भएको थियो । धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने लक्ष्यसहित...

  • २०७६ कार्तिक १४, बिहिबार

    मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढ्दै

    कञ्चनपुरका मुक्त हलियाका महिलाहरुको जग्गामा स्वामित्व बढाउनका लागि संयुक्त जग्गाधनी पुर्जा वितरण कार्य अगाडि बढाइएको छ । जग्गामा बराबरी स्वामित्वले परिवार र समाजमा महिलाको मानसम्मान र पहिचान बढ्ने भएकाले संयुक्त जग्गाधनी पुर्जा वितरण गरिएको हो । चालू आवमा पुनःस्थापनमा परेका पुनर्वास नगरपालिका–९ का ४२ मुक्त हलिया परिवारलाई उपलब्ध गराएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्व कायम हुने गरी...

  • २०७६ कार्तिक ११, सोमबार

    मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै

    मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ । गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ ९मुसल विशेष० द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा...

  • २०७६ कार्तिक १०, आइतबार

    प्रधानमन्त्री ओली स्वदेश फिर्ता

    प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल बाकुबाट कतार एयरको नियमित उडानमार्फत कतारको दोहा हुँदै आज बिहान १०ः१० मा काठमाडौँ आइपुगेको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय...

  • २०७६ कार्तिक १०, आइतबार

    देवकोटाका कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गर्नेछन्ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औंँ जन्मजयन्तीका अवसरमा महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उहाँका अजरअमर कृतिले नेपाली साहित्यलाई सदा मार्गदर्शन गरिरहने विश्वास व्यक्त गर्नुभएको छ ।

  • २०७६ कार्तिक १०, आइतबार

    मनाइयो कुकुर तिहार

    यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत...

  • २०७६ कार्तिक १०, आइतबार

    प्रधानमन्त्री ओली दोहामा

    प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन नाम राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ । दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत डा नारदनाथ...

  • २०७६ कार्तिक १०, आइतबार

    तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

    नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ । तरुण दलले आज बिहान काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको अध्यक्ष जीतजङ्ग बस्नेतले जानकारी दिनुभयो । विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी...

  • २०७६ कार्तिक १०, आइतबार

    बालगोपालेश्वर दर्शनको व्यवस्था

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ । भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् । यस वर्ष यही १२ गते भाइटीका परेको छ । यसै दिन बिहान...

  • २०७६ कार्तिक ९, शनिबार

    ठूला पसलकै मिठाई गुणस्तरहीन

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई पसलबाट उत्पादन भएका मिठाइजन्य खाद्यवस्तु गुणस्तहीन पाइएका छन् । शुक्रबार महानगरपालिकाको कृषि तथा पशु सेवा विभागले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेवल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामान गुणस्तहीन र सफाइमा ध्यान नदिएकोजस्ता समस्या पाइएको हो । अनुगमनका क्रममा सुन्धारामा रहेको गुलाब मिठाई पसलबाट २६ किलोे र वाग्मती स्वीटबाट...

  • २०७६ कार्तिक ९, शनिबार

    प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै

    असंलग्न आन्दोलन नामको १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो । आजै प्रधानमन्त्रीले अजरबैजानका...

  • २०७६ कार्तिक ९, शनिबार

    तिहार मनाउन उपराष्ट्रपति पुन पुख्यौली घरमा

    उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आउनुभएको छ । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उहाँ तिहार मनाउन आउनुभएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आउनुभएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उहाँका भाइ भीमप्रकाश पुनले जानकारी दिनुभयो । उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उहाँ गाउँपालिका...

Pages