STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ कार्तिक १५, शुक्रबार

    प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीका कप्तान मल्ललाई शुभकामना

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिनुभएका ज्ञानेन्द्र मल्ललाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कप्तान मल्ललाई शुभकामनासहित उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो ।

  • २०७६ कार्तिक १५, शुक्रबार

    चिकित्सक नहुँदा प्रसूति सेवा बन्द

    सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ । यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ । निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ । अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन् । सुरक्षित मातृत्व सेवाका चिकित्सक घर बिदामा गएपछि प्रसूति सेवा अवरुद्ध भएको...

  • २०७६ कार्तिक १५, शुक्रबार

    चितवन मेडिकल कलेजले बढी लिएको शुल्क समायोजन गर्ने

    चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज यहाँ पत्रकार सम्मेलन गरी कलेजले बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा बढी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी, अभिभावक र कलेजका बीचमा सहमति भएको थियो । सो क्रममा शुल्क फिर्ता वा समायोजन क–कसलाई कति गर्ने...

  • २०७६ कार्तिक १४, बिहिबार

    कर्णालीमा सामुदायिक नर्स कार्यक्रम

    प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालयको स्वास्थ्य महाशाखाले यसका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी २०१ जनालाई परिचालन गर्दैछ । महाशाखा प्रमुख वृषबहादुर...

  • २०७६ कार्तिक १४, बिहिबार

    मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

    एशियाली विकास बैंक एडिबीले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्खरै जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले...

  • २०७६ कार्तिक १४, बिहिबार

    सन् २०५० सम्म समुद्रमा डुब्नेछन् संसारका यी ठूला सहरहरू

    समुद्री सतहमा भएको वृद्धिले सन् २०५० सम्म संसारका प्रमुख तटीय सहरहरू विश्वनक्साबाट आंशिक वा पूर्ण रूपमा मेटिने र अहिलेसम्म अनुमान गरिएभन्दा तीन गुणा बढी मानिस प्रभावित हुने पछिल्लो अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले स्याटलाइट तस्बिरका आधारमा निकालेको समुद्री सतह वृद्धिको तथ्यांकका आधारमा यस्तो निष्कर्ष निस्केको हो। एक वैज्ञानिक ‘जर्नल’ मा मंगलबार प्रकाशित उक्त अध्ययनको निष्कर्षअनुसार सन् २०५०...

  • २०७६ कार्तिक १४, बिहिबार

    प्लाष्टिकमुक्त अभियान प्रभावहिन

    नेपालगञ्ज उपमहानगरपालिकाको ‘प्लाष्टिकमुक्त नेपालगञ्ज शहर’अभियान प्रभावहिन बन्दै गएको छ । अभियानअन्तर्गत उपमहानगरपालिकाले प्लाष्टिकजन्य फोहरले गरेको असर र अबको निकासका लागि ‘ऐनाफोटो प्रदर्शनी’, विभिन्न सूचना, शिक्षा तथा सन्दर्भ सामग्री तयार गरेर नगरका चोक–चोकमा झुण्ड्याइएको त छ, तर, परिणाम शून्य प्रतिशत भन्दामाथि उठन सकेको छैन् । ‘हामी अभियानलाई सार्थक परिणाम सम्म पु¥याउन प्रयासरत छौ । विस्तारै...

  • २०७६ कार्तिक १४, बिहिबार

    छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा

    लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साहका साथ मनाउन जुटेका छन् । छठपर्व मनाउनका लागि आवश्यक बाँसका टोकरीलगायतका सामग्रीहरु सहजरूपमा पाउनु, स्थानीयवासीको पर्वप्रतिको अभिरुचि तथा सहयोगी भावनाका कारण पोखराको...

  • २०७६ कार्तिक १४, बिहिबार

    फस्टाउँदै पुष्प व्यवसाय

    जिल्लामा व्यावसायिक रुपमा फूलखेती गर्न थालेपछि यसपालिको तिहारमा बाहिरबाट खरीद गरी ल्याउन नपरेको व्यवसायीले बताएका छन् । फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेपलाञ्चोक जिल्ला शाखा उपाध्यक्ष भेषराज दनुवारका अनुसार यसवर्ष दुई लाख ३० हजार माला उत्पादन भई बिक्री भएको छ । व्यावसायिक रुपमा नै क्रियाशील व्यवसायीले उत्पादन गरी बिक्री गरेको बाहेक स्थानीय बासिन्दाले आफ्नै घर आँगनमा उत्पादन गरेको फूल प्रयोगमा...

  • २०७६ कार्तिक १४, बिहिबार

    दुई करोडको अस्पताल भवन प्रयोगविहीन

    षडानन्द नगरपालिका–७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । अस्पताल संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् । रु दुई करोड ४५ लाख १७ हजार १५८ को लागतमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण...

  • २०७६ कार्तिक १४, बिहिबार

    चितुवा नियन्त्रणका लागि परम्परागत खोर

    तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाको आक्रमणबाट डेढ वर्षको अवधिमा पााच बालबालिकाको मृत्यु भयो । दिनप्रतिदिन चितुवाको आक्रमण बढ्न थालेपछि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त सहभागितामा चितुवा नियन्त्रणका लागि दैनिक गस्ती शुरु गरियो । नगरपालिकाको विभिन्न वडाको सामुदायिक वनमा गस्ती गर्दा पनि उक्त टोलीले चितुवा भेटाउन सकेन । गस्ती गरेर मात्रै...

  • २०७६ कार्तिक १४, बिहिबार

    महङ्गो शुल्कका पर्यटन व्यवसाय सङ्कटमा

    सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ...

Pages