STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ आश्विन २६, आइतबार

    चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

     नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने...

  • २०७६ आश्विन २६, आइतबार

    यसरी बिदाइ गरियो चिनियाँ राष्ट्रपतिलाई

    दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको बिदाइ गर्नुभएको थियो । दिउँसो १ः४५ बजे राष्ट्रपति सी आवासीयस्थल सोल्टी होटेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदा उहाँको बिदाइका लागि कर्मचारी र सर्वसाधारण १२...

  • २०७६ आश्विन २६, आइतबार

    मिथिलाञ्चलमा कोजागरा पर्व मनाइँदै

    आज कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ । मैथिल संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवं शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । कोजागराका राति भगवती श्रीलक्ष्मीले स्वयं निरीक्षण गर्ने र रातिमा जागरानमा बस्नेलाई भगवतीले धनधान्यले पूर्ण गर्छिन् भन्ने विश्वाससमेत रहेको छ । यस अवसरमा कतिपय परिवारमा कुल...

  • २०७६ आश्विन २६, आइतबार

    नेपालको समृद्धिमा चीनको सहयोग बढ्नेछ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङसँगको भेटवर्तामा अध्यक्ष दाहालले दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकासबारे भएको छलफलमा आफ्नो पहिलो प्रधानमन्त्रित्व कालमा भएको चीनको भ्रमण,...

  • २०७६ आश्विन २६, आइतबार

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा न्यौपाने

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा जीवन न्यौपाने निर्वाचित हुनुभएको छ । स्याङ्जाको भिरकोट नपा–२ बयरघारीमा शनिबार सम्पन्न तेस्रो विश्व सम्मेलन तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिबाट निर्वाचित गरेको निर्वाचनमण्डलका संयोजक भुपराज बस्यालले जानकारी दिनुभयो । अध्यक्षमा पाँच जनाको उम्मेदवारी परे पनि अन्ततः यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहनुभएका...

  • २०७६ आश्विन २६, आइतबार

    दशैँ विसर्जन

    नवमीको दिन राति महिषासुर दैत्यको प्रतीकको रूपमा खःमेथ राँगोलाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दशैँ विसर्जन गरिएको छ । खःमेयको बध गरी ब्रम्हायणीलगायतका देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा माटोको घ्याम्पो मा जम्मा गरिएको थियो । सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै देवगणलाई चढाएपछि दशैँ विसर्जन भएको हो । त्यसैगरी...

  • २०७६ आश्विन २६, आइतबार

    भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

    फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन पुफा ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पुफाका सचिव एवं महोत्सव संयोजक जीवन...

  • २०७६ आश्विन २६, आइतबार

    दुई खर्ब बढी लागतमा दुई आयोजना नेपाल र चीनका सरकारी कम्पनीले निर्माण गर्ने

    सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआइडीसीएल र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत रु दुर्ई खर्ब बढी रहने छ । चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको दुई दिवसीय राजकीय भ्रमणमा क्रममा आज ती आयोजना निर्माण गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । ऊर्जा जलस्रोत तथा...

  • २०७६ आश्विन २६, आइतबार

    नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य अध्यक्ष तिमल्सिना

    राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गर्नुभएकोमा नेपाली जनता खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताउनुभयो । अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का...

  • २०७६ आश्विन २६, आइतबार

    नेपाल र चीनबीचका बीस बुँदे सम्झौता र समझदारीः सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययन पनि

    चीनका राष्ट्रपति सी चीनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आज बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदानपत्रका दस्तावेजमा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले ती दस्तावेजमा आजै हस्ताक्षर गरी आदान प्रदान गर्नुभयो । हस्ताक्षर भई आदानप्रदान भएका दस्तावेजः १। नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता २। नेपाल र जनवादी...

  • २०७६ आश्विन २६, आइतबार

    चिनियाँ राष्ट्रपति सी र नेकपाका शीर्ष नेताबीच भेटवार्ता

    नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका सदस्यहरुले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका वरिष्ठ नेताहरु एवं पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्यहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री...

  • २०७६ आश्विन २६, आइतबार

    नेपालका आँखा अस्पतालमा भारतीय बिरामीको चाप

    बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल स्रोतले जनाएको छ । अन्य प्रकारका स्वास्थ्य सेवाका लागि यहाँका उपचार केन्द्र विश्वसनीय नभए पनि आँखाको उपचार राम्रो भएकाले यहाँ भारतीय सेवाग्राहीको सङ्ख्या बढेको हो । दैनिकजसो...

Pages