राष्ट्रिय
-
२०७६ आश्विन २७, सोमबार
मौसम शुरुसँगै बन्दीपुरमा पर्यटकको चहलपहल
मौसम शुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल शुरु भएको छ । चिसो बढेसँगै बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल शुरु भएको हो । असोजदेखि मङ्सिरसम्म बन्दीपुरमा विदेशी पर्यटकको चाप रहने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं आन्तरिक भ्रमण वर्ष जिल्लास्तरीय उपसमितिका सदस्य वैश गुरुङले जानकारी दिनुभयो । भदौसम्म विदेशी पर्यटक नआउने बन्दीपुरमा असोज मध्यदेखि भने दैनिक तीन÷...
-
२०७६ आश्विन २७, सोमबार
उपनिर्वाचनमा ३८ हजार मतदाता
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्षमा गरी दुई स्थानमा उपनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल...
-
२०७६ आश्विन २७, सोमबार
अस्तव्यस्त मुक्तिनाथ मन्दिर क्षेत्र
हिन्दू र बौद्ध धर्मावलम्बीले उत्तिकै श्रद्धा एवं आस्थाका साथ पूजा आजा र दर्शन गर्ने मुक्तिनाथ मन्दिर क्षेत्रको व्यवस्थापन भने अस्तव्यस्त छ । प्राचीनकालदेखि नै महत्वपूर्ण मन्दिर भए पनि यहाँको व्यवस्थापनमा राज्यको ध्यान जान सकेको छैन । पशुपतिनाथ, लुम्बिनी र जनकपुरजत्तिकै महत्व बोकेको मन्दिर हिमालपारिको दुर्गम जिल्ला मुस्ताङमा भएकै कारण विगतदेखि नै केन्द्र सरकारको ध्यान जान नसकेको स्थानीयवासीको...
-
२०७६ आश्विन २७, सोमबार
मुस्ताङमा आन्तरिक पर्यटकको चहलहल
हिमालपारिको जिल्ला मुस्ताङमा केही दिनयता आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ । असोज महीनाको शुरुआतदेखि नै पर्यटकको आवागमन बढेपछि यहाँका होटेलमा अग्रिम बुकिङ हुन थालेका छन् । पर्यटकको बढ्दो आगमनले यहाँका पर्यटन व्यवसायी पनि उत्साहित बनेका छन् । पछिल्ला दिन घाँसादेखि लोमान्थाङसम्मका होटल पर्यटकले भरिभराउ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ आश्विन २७, सोमबार
प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल इन्टरपोलको ८८ औँ महासभामा सहभागी हुन चिली प्रस्थान गर्नुभएको छ । चिलीको सान्टियागोमा असोज २८ देखि कात्तिक १ सम्म सञ्चालन हुने महासभामा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । महानिरीक्षक खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही र इन्टरपोल शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी पनि त्यसतर्फ प्रस्थान...
-
२०७६ आश्विन २७, सोमबार
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा को कसको हस्ताक्षर
चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने उच्च अधिकारीको विवरण राससलाई प्राप्त भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीले दुई वटा समझदारीपत्र, एक सम्झौता र अर्को एक सन्धिमा हस्ताक्षर गरी ती दस्तावेज आदानप्रदान गर्नुभएको...
-
२०७६ आश्विन २७, सोमबार
बेवारिसे सडक मानवलाई टीका
मानव कल्याण समाज सेवाघर खरिपाटी भक्तपुरमा रहेका बेसाहारा बाल, युवा र वृद्धलाई नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र प्रतिनिधिसभाका सांसद महेश बस्नेतले टीका तथा जमरा लगाइ दिनुभएको छ । सडकमा अलपत्र रहेका सडक मानव उद्धार गरी सेवाघरमा बसेका घरवारविहीन र सहयोगापेक्षी बेसाहारा बाल, युवा र वृद्धलाई बडादशैँ २०७६ को अवसरमा आइतबार उहाँहरुले सामूहिक टीका तथा जमरा लगाइ दिनुभएको हो । कार्यक्रममा...
-
२०७६ आश्विन २७, सोमबार
पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु हुँदै
नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ । यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने कुराको निस्कर्ष निकालिने बताइएको छ । चीन सरकारको विशेषज्ञ टोली दशैँअघि दोस्रोपटक दैलेख आएको छ । उत्खनन कार्यका लागि आवश्यक पर्ने...
-
२०७६ आश्विन २७, सोमबार
पर्यटकीयस्थल बन्दै सहस्रधारा
दुई वर्षअघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । यसै गुमनाम झरना पर्यटकीयस्थल बन्ला भनेर कसैले पत्याएका थिएनन् । जङ्गलबीच छङ्छङ गर्दै झरना बगिनैरहेको थियो । पर्यटक पर्खिरहेको थियो । गलकोट नगरपालिका–३ हटियास्थित झरना हिजोआज भने चर्चामा छ । चिनारी बदल्दै छ । वर्षौंदेखि ओझेलमा परेको झरना पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदैछ । जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा क्षेत्रको विकासमा...
-
२०७६ आश्विन २७, सोमबार
गृहमन्त्रीबाट सुरक्षाकर्मीहरुलाई धन्यवाद
गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ । आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताउनुभयो ।...
-
२०७६ आश्विन २७, सोमबार
गौरादह बजारको उद्घाटन
झापाको गौरादह बजारमा करीब रु एक करोड ५० लाख बढीको लागतमा निर्माण गरिएको कृषि हाट बजारको आइतबार उद्घाटन गरिएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैँ मेलाको अवसर पारेर एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । उहाँले नवनिर्मित गौरादह बजारको उद्घाटन गर्नुका साथै गौरी गाईको प्रतिमा समेत अनावरण गर्नुभयो । करीब १३ कट्ठा...
-
२०७६ आश्विन २७, सोमबार
फूलमा आत्मनिर्भर बन्दै यस वर्ष आयातित फूलमा कमी
विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो । यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात...


